झापा गापामा कृषकलाई प्रोत्साहन : खेतमै बिजुली, महशुलमा अनुदान

झापा, २८ माघ । झापाको झापा गाउँपालिकाले कृषकलाई कृषिकर्ममा प्रोत्साहन गर्न खेतमै बिजुलीको पोल पुर्याउनुका साथै विद्युतमा अनुदान प्रदान गरिरहेको छ । यहाँका कृषकको खेतमै बिजुलीको पोल पुर्याउनुका साथै सिञ्चाइ प्रयोजनमा प्रयोग हुने विद्युत्को महसुलमा ८० प्रतिशत अनुदान दिइरहेको छ । कृषि उत्पादन बढाउन प्रत्येक वडाका कृषकको खेतबारीमै बिजुली पुर्याउने कार्यक्रम अन्तरगत चालू आर्थिक वर्ष [...] The post झापा गापामा कृषकलाई प्रोत्साहन : खेतमै बिजुली, महशुलमा अनुदान appeared first on Jhapa Online.

Feb 10, 2025 - 02:46
 0
झापा गापामा कृषकलाई प्रोत्साहन : खेतमै बिजुली, महशुलमा अनुदान

झापा, २८ माघ । झापाको झापा गाउँपालिकाले कृषकलाई कृषिकर्ममा प्रोत्साहन गर्न खेतमै बिजुलीको पोल पुर्याउनुका साथै विद्युतमा अनुदान प्रदान गरिरहेको छ ।

यहाँका कृषकको खेतमै बिजुलीको पोल पुर्याउनुका साथै सिञ्चाइ प्रयोजनमा प्रयोग हुने विद्युत्को महसुलमा ८० प्रतिशत अनुदान दिइरहेको छ । कृषि उत्पादन बढाउन प्रत्येक वडाका कृषकको खेतबारीमै बिजुली पुर्याउने कार्यक्रम अन्तरगत चालू आर्थिक वर्ष २०८१/०८२ मा रू एक करोड बराबरको विद्युत् पोल र रू ६५ लाख बराबरको विद्युत् तार खरिद गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले जानकारी दिनुभयो ।

“कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाको कृषि कार्यक्रम अन्तरगत विद्युत् महसुलमा ८० प्रतिशत अनुदान दिने गरिएको छ”, उहाँले भन्नुभयो, “सिञ्चाइ कार्यका लागि कृषकले खपत विद्युत्को रकम गाउँपालिकाले तिरिदिने व्यवस्था गरिएको छ ।” पछिल्लो समय युवा पुस्ता विदेशिने क्रमलाई रोकेर उनीहरुालाई स्वदेशमै टिकाउन र कृषि क्षेत्रको प्रबद्र्धन गर्न विभिन्न कार्यक्रम ल्याइएको उहाँ बताउनुहुन्छ ।

पालिकाले ५०/५० प्रतिशत साझेदारी कार्यक्रम अन्तर्गत एक सय ७६ वटा सिञ्चाइ मोटर र तीन सय ३८ वटा स्प्रे ट्याङ्की वितरण गरेको हो । बोलपत्र मार्फत रू ४९ लाख छ सय ७९ बराबरको सिञ्चाइ मोटर र स्प्रे ट्याङ्की गरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिलाले बताउनुभयो ।

विद्युतीय मोटरको लागि कृषकको लागत सहभागिता रू ११ हजार ८० र स्प्रे ट्याङ्कीमा रू एक हजार पाँच सय ८५ रहेको छ भने सोही बराबरको रकम गाउँपालिकाले व्यहोरेको प्रमुख प्रशासकीय अधिकृत थपलियाले बताउनुभयो ।

The post झापा गापामा कृषकलाई प्रोत्साहन : खेतमै बिजुली, महशुलमा अनुदान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register