कतै तपाईं आफ्नै कारणले दुखी त बन्नुभएको छैन ? जान्नुहोस ८ कारण

काठमाडौं । हामी आफैँ हाम्रो खुसीका सबैभन्दा ठूला शत्रु हुन सक्छौंँ । हो कहिलेकाँही हामी आफैँले आफ्ना दुःख बढाइरहेका हुन्छौँ । खुसी हुनका लागि गर्नु पर्ने काम जब हामी गर्दैनौँ तब आफैले दुख निम्त्याउँछौँ ।  त्यस्ता ८ कारण बारे जानौँ, जसले तपाईंलाई नै आफ्नो खुसीको शत्रु बनाउँछन् । व्यायाम नगर्ने शारीरिक गतिविधि शरीरको लागि मात्र […]

Feb 10, 2025 - 12:21
 0
कतै तपाईं आफ्नै कारणले दुखी त बन्नुभएको छैन ? जान्नुहोस ८ कारण

काठमाडौं हामी आफैँ हाम्रो खुसीका सबैभन्दा ठूला शत्रु हुन सक्छौंँ । हो कहिलेकाँही हामी आफैँले आफ्ना दुःख बढाइरहेका हुन्छौँ । खुसी हुनका लागि गर्नु पर्ने काम जब हामी गर्दैनौँ तब आफैले दुख निम्त्याउँछौँ । 

त्यस्ता ८ कारण बारे जानौँ, जसले तपाईंलाई नै आफ्नो खुसीको शत्रु बनाउँछन् ।

व्यायाम नगर्ने

शारीरिक गतिविधि शरीरको लागि मात्र होइन, मानसिक स्वास्थ्यको लागि पनि आवश्यक छ । व्यायाम गर्दा एन्डोर्फिन हर्मोन रिलिज हुन्छ, जसले तनाव कम गर्छ र मुड राम्रो बनाउँछ । यदि नियमित व्यायाम गर्नुहुन्न भने, यसै कारणले पनि तपाईं उदास महसुस गर्न सक्नुहुन्छ ।

सामाजिक सञ्जालमा तुलना गर्ने

सामाजिक सञ्जालमा हामी प्रायः अरूको जीवन हेरेर उनीहरूसँग तुलना गर्न थाल्छौँ । यो तुलनाले हामीलाई असन्तुष्टि र नकारात्मकतातर्फ धकेल्छ । यो याद राख्नु जरुरी छ कि सामाजिक सञ्जालमा देखाइएको जीवन एउटा सानो अंश मात्र हो, जुन वास्तविकताभन्दा फरक हुन सक्छ ।

सधैँ गल्तीहरू खोज्ने

आफ्ना गल्तीमाथि विचार गर्नु राम्रो हो, तर यदि तपाईं सधैँ आफ्नो वा अरूको कमजोरी मात्र हेर्नुहुन्छ भने, यसले तपाईंको आत्मसम्मानलाई कम गर्नेछ । आफूलाई माफ गर्नु र सिकेर अघि बढ्नु जरुरी छ ।

भविष्य वा बितेको समयको बारेमा धेरै सोच्ने

भविष्यको चिन्ता वा बितेको समयको पछुतोमा बाँच्नाले पनि तपाईंको वर्तमानको खुसी हरण गर्छ । जीवनको आनन्द लिनको लागि वर्तमानमा बाँच्नु जरुरी छ । माइन्डफुलनेस र मेडिटेसनले यसमा मद्दत गर्न सक्छन् ।

 नकारात्मक व्यक्तिसँग रहँदा 

वरिपरिका व्यक्तिले तपाईंको सोच र भावना प्रभावित गर्छन् । यदि तपाईं त्यस्ता व्यक्तिसँग रहनुहुन्छ, जसले सधैँ नकारात्मक कुरा गर्छन् भने, यसले तपाईंको खुसी कम गर्न सक्छ । सकारात्मक र प्रेरित व्यक्तिसँग समय बिताउनु जरुरी छ ।

 अनिश्चिततालाई स्वीकार नगर्ने

जीवनमा अनिश्चितता एउटा सत्य हो । यदि तपाईं हरेक कुरालाई नियन्त्रण गर्ने प्रयास गर्नुहुन्छ भने, यसले तनाव र चिन्ता दिनेछ । अनिश्चिततालाई स्वीकार गर्नु र जीवनका उतारचढाव बुझ्नुले तपाईंको खुसी बढाउन सक्छ ।

आफ्नो लागि समय ननिकाल्ने

आफ्नो काम र अरूको आवश्यकताहरूमा यति व्यस्त हुनु कि आफ्नो लागि समय नै नबच्ने, यसले तपाईंको खुसीलाई कम गर्न सक्छ । आफूसँग समय बिताउनु, आफूलाई मन पर्ने कुराहरू गर्नु र आराम गर्नु जरुरी छ ।

कृतज्ञता व्यक्त नगर्ने

जीवनमा सासाना कुराको लागि कृतज्ञता व्यक्त गर्नाले तपाईंको खुसी बढाउन सक्छ । यदि तपाईं सधैँ ती कुरामा ध्यान दिनुहुन्छ जुन तपाईंसँग छैनन्, यसले तपाईंलाई दुःखी बनाउन सक्छ । कृतज्ञता व्यक्त गर्ने बानीले तपाईंलाई सन्तुष्टि र खुसी दिन्छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register