चुनावको मुखैमा केजरीवालविरूद्ध मुद्दा चलाउन अनुमति

काठमाडौं । दिल्ली विधानसभाको चुनाव नजिकिँदै गर्दा भारतको केन्द्रीय गृह मन्त्रालयले दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालविरुद्ध ‘मनी लाउन्डरिङ’ (सम्पत्ति शुद्धीकरण)को मुद्दा चलाउन प्रवर्तन निर्देशनालय (ईडी)लाई अनुमति दिएको छ । दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले केजरीवालमाथि मुद्दा चलाउन अनुमति दिएको केही दिनपछि गृह मन्त्रालयले पनि स्वीकृति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अगस्ट २०२४ मा सीबीआईले अन्तःशुल्क […]

Jan 15, 2025 - 07:02
 0
चुनावको मुखैमा केजरीवालविरूद्ध मुद्दा चलाउन अनुमति

काठमाडौं । दिल्ली विधानसभाको चुनाव नजिकिँदै गर्दा भारतको केन्द्रीय गृह मन्त्रालयले दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालविरुद्ध ‘मनी लाउन्डरिङ’ (सम्पत्ति शुद्धीकरण)को मुद्दा चलाउन प्रवर्तन निर्देशनालय (ईडी)लाई अनुमति दिएको छ ।

दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले केजरीवालमाथि मुद्दा चलाउन अनुमति दिएको केही दिनपछि गृह मन्त्रालयले पनि स्वीकृति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अगस्ट २०२४ मा सीबीआईले अन्तःशुल्क नीतिसँग जोडिएको समानान्तर भ्रष्टाचार अनुसन्धानको सम्बन्धमा केजरीवालमाथि मुद्दा चलाउने अधिकार पनि प्राप्त गरेको थियो ।

दिल्लीमा आउने फेब्रुअरी ५ मा विधानसभा चुनाव हुँदैछ । त्यसको २० दिनअघि गृह मन्त्रालयले केजरीवालविरुद्ध मुद्दा चलाउन स्वीकृत दिएको हो ।

आम आदमी पार्टीले भने गृह मन्त्रालयको निर्णयको विरोध गरेको छ । पार्टीकी प्रवक्ता प्रियङ्का कक्कडले झुटा मुद्दा दायर गरेर आम आदमी पार्टीका नेताहरूलाई बदनाम गर्ने प्रयासलाई निरन्तरता दिइएको बताएकी छन् ।

सेप्टेम्बर २०२४ मा सर्वोच्च अदालतले केजरीवाललाई जमानत दिएको थियो । त्यसको केही समयपछि उनले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिए र वरिष्ठ आप नेता आतिशीले पदभार ग्रहण गरेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register