पाकिस्तानमा सैन्य कारबाहीबाट पाँच विद्रोही मारिए

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सैन्य कारबाहीका क्रममा पाँच विद्रोहीको मृत्यु भएको प्रहरी काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले सोमबार जनाएको छ । सीटीडीका कर्मचारीहरूले यस क्षेत्रमा आतङ्ककारीहरूको उपस्थितिको सूचनाको आधारमा प्रान्तको करक जिल्लामा गुप्तचरमा आधारित अपरेसन सञ्चालन गरेका थिए । मारिएका विद्रोही प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तानका थिए । सुरक्षा बलहरूले उक्त क्षेत्रमा आतङ्कवादविरुद्ध आफ्नो प्रयासलाई […]

Feb 11, 2025 - 01:12
 0
पाकिस्तानमा सैन्य कारबाहीबाट पाँच विद्रोही मारिए

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सैन्य कारबाहीका क्रममा पाँच विद्रोहीको मृत्यु भएको प्रहरी काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले सोमबार जनाएको छ ।

सीटीडीका कर्मचारीहरूले यस क्षेत्रमा आतङ्ककारीहरूको उपस्थितिको सूचनाको आधारमा प्रान्तको करक जिल्लामा गुप्तचरमा आधारित अपरेसन सञ्चालन गरेका थिए ।

मारिएका विद्रोही प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तानका थिए । सुरक्षा बलहरूले उक्त क्षेत्रमा आतङ्कवादविरुद्ध आफ्नो प्रयासलाई तीव्र पारेका छन् । शान्ति र स्थिरता सुनिश्चित गर्न सैन्य अपरेशनहरू जारी छन् ।

सीटीडीले विद्रोहीहरू लुकेको ठाउँबाट ठूलो मात्रामा हातहतियार र गोलाबारुद पनि बरामद गरेको छ ।

विद्रोहीका सहयोगीलाई पक्राउ गर्न आसपासका क्षेत्रमा खोजी अभियान पनि चलाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register