प्रेस चौतारी रुपन्देहीको अध्यक्षमा भगवती पाण्डे निर्वाचित 

काठमाडौं । प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा भगवती पाण्डे निर्वाचित भएकी छन् । संगठनको जिल्ला अधिवेशन तथा २६ औँ साधारण सभाले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा केशव भण्डारी र समावेशी उपाध्यक्षमा छाया पन्थलाई चुनेको छ ।  त्यस्तै सचिवमा विष्णु घिमिरे, सहसचिवद्वय प्रतीक पौडेल र सत्यनारायण मानन्धर तथा कोषाध्यक्षमा एलिना आचार्य […]

Feb 11, 2025 - 01:23
 0
प्रेस चौतारी रुपन्देहीको अध्यक्षमा भगवती पाण्डे निर्वाचित 

काठमाडौं ।

प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा भगवती पाण्डे निर्वाचित भएकी छन् ।

संगठनको जिल्ला अधिवेशन तथा २६ औँ साधारण सभाले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा केशव भण्डारी र समावेशी उपाध्यक्षमा छाया पन्थलाई चुनेको छ ।

 त्यस्तै सचिवमा विष्णु घिमिरे, सहसचिवद्वय प्रतीक पौडेल र सत्यनारायण मानन्धर तथा कोषाध्यक्षमा एलिना आचार्य निर्वाचित भएका छन् ।  

अधिवेशनको उद्घाटन प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरेका थिए । अधिवेशन उद्घाटन गर्दै बस्नेतले प्रेस चौतारी नेपाल सधैँ भरी श्रमजीवी जनताको पक्षमा रहेको बताए । श्रमजीवीको अधिकारको लागि संगठन सधैँ लडिरहेन उनले स्पष्ट पारेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register