नेसपा (नयाँ शक्ति)मा नेतृत्व छान्न मतदान हुँदै, उपाध्यक्षमा मानुषीसहित दुईजना निर्विरोध

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आज (मङ्गलबार) नयाँ नेतृत्व चयन गर्दैछ । काठमाडौंमा आइतबारदेखि सुरु भएको महाधिवेशनअन्तर्गत आज महाधिवेशनबाट नेतृत्व चयन गर्न लागिएको हो । अध्यक्षमा संयोजक डा बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईंको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षसहित ९९ सदस्यीय कार्यसमिति चयनका लागि आज दिउँसो ३ बजेदेखि मतदान सुरु गर्ने तयारी नेकपा […]

Feb 11, 2025 - 03:21
 0
नेसपा (नयाँ शक्ति)मा नेतृत्व छान्न मतदान हुँदै, उपाध्यक्षमा मानुषीसहित दुईजना निर्विरोध

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आज (मङ्गलबार) नयाँ नेतृत्व चयन गर्दैछ ।

काठमाडौंमा आइतबारदेखि सुरु भएको महाधिवेशनअन्तर्गत आज महाधिवेशनबाट नेतृत्व चयन गर्न लागिएको हो ।

अध्यक्षमा संयोजक डा बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईंको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्षसहित ९९ सदस्यीय कार्यसमिति चयनका लागि आज दिउँसो ३ बजेदेखि मतदान सुरु गर्ने तयारी नेकपा नयाँ शक्तिको छ ।

अध्यक्षका उम्मेदवार भट्टराई पूर्वप्रधानमन्त्री तथा पूर्वमाओवादी नेता हुन् भने चापागाईं पार्टीका संस्थापक सदस्य हुन् । उनी अन्नपूर्ण गाउँपालिका–६ कास्कीका हुन् ।

यसैबीच पार्टीको उपाध्यक्ष पदमा मानुषी यमी भट्टराई र दुर्गा सोव निर्विरोध निर्वाचित भएका छन् । समावेशी अन्तर्गत भट्टराई महिला र सोव दलित क्लटरबाट निर्वाचित भएका हुन् ।

महिला उपाध्यक्षमा मानुषीको र दलित उपाध्यक्षमा दूर्गाको एकल उम्मेदवारी परेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register