साढे ६ अङ्कले बढ्यो सेयर बजार, सीइडीबी होल्डिङ्समा झुम्मिए लगानीकर्ता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा साढे ६ अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ५४ अङ्कले बढेर २६८३ दशमलव ८६ को विन्दुमा पुगेको छ । मंगलबार २९९ कम्पनीका ७२ हजार ९४ पटकको कारोबारमा १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा […]

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा साढे ६ अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ५४ अङ्कले बढेर २६८३ दशमलव ८६ को विन्दुमा पुगेको छ ।
मंगलबार २९९ कम्पनीका ७२ हजार ९४ पटकको कारोबारमा १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० रुपैयाँ रहेको छ ।
१३४ कम्पनीको सेयर मूल्य बढ्दा ९८ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ५ वटा बढ्दा अन्य राताम्मे छन् । आज सीइडीबी होल्डिङ्समा लगानीकर्ता झुम्मिएका छन् ।
What's Your Reaction?






