शिक्षकहरुको मागका सम्बन्धमा सरकारका मन्त्रीहरुबीच छलफल

काठमाडौँ, २ वैशाख। नेपाल शिक्षक महासंघले राखेका मागहरु पूरा गर्ने सम्बन्धमा सरकारले गृहकार्य थालेको छ । औपचारिक वार्ता टोली बनाएर छलफल गर्न शिक्षा मन्त्रालयले गरेको आव्हान प्रभावकारी नभएपछि सरकारले उच्च स्तरीय छलफल गर्ने तयारी गरेको हो । यसका लागि श्रोत व्यवस्थापन लगायतका विषयमा सरकारका सरोकारवाला मन्त्रालयका मन्त्रीहरुबीच आज छलफल भइरहेको छ । अर्थमन्त्री बिष्णु पौडेल, [...] The post शिक्षकहरुको मागका सम्बन्धमा सरकारका मन्त्रीहरुबीच छलफल appeared first on Jhapa Online.

Apr 15, 2025 - 09:59
 0
शिक्षकहरुको मागका सम्बन्धमा सरकारका मन्त्रीहरुबीच छलफल


काठमाडौँ, २ वैशाख। नेपाल शिक्षक महासंघले राखेका मागहरु पूरा गर्ने सम्बन्धमा सरकारले गृहकार्य थालेको छ ।

औपचारिक वार्ता टोली बनाएर छलफल गर्न शिक्षा मन्त्रालयले गरेको आव्हान प्रभावकारी नभएपछि सरकारले उच्च स्तरीय छलफल गर्ने तयारी गरेको हो ।

यसका लागि श्रोत व्यवस्थापन लगायतका विषयमा सरकारका सरोकारवाला मन्त्रालयका मन्त्रीहरुबीच आज छलफल भइरहेको छ ।

अर्थमन्त्री बिष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षा मन्त्री विद्या भट्टराईबीच शिक्षकका मागका सम्बन्धमा छलफल भएको हो ।

सरकारले आज पनि शिक्षक महासंघका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। तर शिक्षक महासंघले भने हिजो मात्र पदाधिकारी बैठक बसेर आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको थियो ।

महासंघले आन्दोलन थप सशक्त बनाउने, शैक्षिक गतिबिधि ठप्प पार्ने र कक्षा १२ को परीक्षामा समेत सहभागि नहुने निर्णय गरेसँगै आज सरकारका मन्त्रीहरुबीच छलफल भएको हो ।

महासंघको निर्णयले यही बैशाख ११ गतेदेखि शुरु हुने कक्षा १२ को एसएलसी परीक्षा प्रभावित हुने आशंका बढेको छ ।।

The post शिक्षकहरुको मागका सम्बन्धमा सरकारका मन्त्रीहरुबीच छलफल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register