नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

नवलपरासी । पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार गरिएको छ । सोमबार नदीमा हाम फालेकी ३५ वर्षीय अनिता हरिजनको सशस्त्र प्रहरी बलले उद्धार गरेको हो । उनले त्रिवेणी ब्यारेजबाट नारायणी नदीमा हाम फालेकी थिइन् । सो घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको […]

Feb 11, 2025 - 12:21
 0
नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार

नवलपरासी । पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार गरिएको छ ।

सोमबार नदीमा हाम फालेकी ३५ वर्षीय अनिता हरिजनको सशस्त्र प्रहरी बलले उद्धार गरेको हो । उनले त्रिवेणी ब्यारेजबाट नारायणी नदीमा हाम फालेकी थिइन् ।

सो घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमान्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्धार गरेको हो । उद्धारपश्चात् उनलाई उपचारको लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register