नेसपा (नयाँ शक्ति) को मतदान सुरु

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। काठमाडौंमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय समिति सदस्य चयनका लागि  मतदान सुरु भएको   मानुषी यमी भट्टराईले जानकारी दिइन्। माघ २७ गते प्रज्ञा भवनमा सुरु भएको महाधिवेशनबाट दुई उपाध्यक्ष, एक कोषाध्यक्षसहित केही केन्द्रीय सदस्य निर्विरोध चयन […]

Feb 11, 2025 - 14:09
 0
नेसपा (नयाँ शक्ति) को मतदान सुरु

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। काठमाडौंमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय समिति सदस्य चयनका लागि  मतदान सुरु भएको   मानुषी यमी भट्टराईले जानकारी दिइन्।

माघ २७ गते प्रज्ञा भवनमा सुरु भएको महाधिवेशनबाट दुई उपाध्यक्ष, एक कोषाध्यक्षसहित केही केन्द्रीय सदस्य निर्विरोध चयन भइसकेका छन्।  महिला उपाध्यक्षमा मानुषी यमी भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन्।

अध्यक्षमा डा बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा हुँदैछ । महाधिवेशनमार्फत ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने नेसपाले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register