प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल : अर्जुनधारा सेमिफाइलनमा

बिर्तामोड, २९ माघ । अर्जुनधारा नगरपालिकाको टिमले अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटर फाइनल खेलमा झापा गाउँपालिकाको टिममाथि १६(० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यो जितसँगै अर्जुनधाराले उपाधिमाथि [...] The post प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल : अर्जुनधारा सेमिफाइलनमा appeared first on Jhapa Online.

Feb 11, 2025 - 14:37
 0
प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल : अर्जुनधारा सेमिफाइलनमा

बिर्तामोड, २९ माघ । अर्जुनधारा नगरपालिकाको टिमले अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटर फाइनल खेलमा झापा गाउँपालिकाको टिममाथि १६(० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यो जितसँगै अर्जुनधाराले उपाधिमाथि दाबेदारीसमेत प्रस्तुत गरेको छ ।

एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । यस्तै, मेनुका मगरले पनि ह्याट्रिक पूरा गरिन् । सुरुवाती गोल जेनिफरले खेलको ६ मिनेटमै गरेकी थिइन् ।

उनले खेलको ४०औँ मिनेटसम्म ह्याट्रिक पूरा गरेकी थिइन् । दोस्रो गोल १३ मिनेटमा गरेकी जेनिफरले फेरि ३८ र ४६औँ मिनेटमा थप गोल गरेर अहिलेसम्मकै सर्वाधि गोल गर्ने खेलाडीको सूचीमा नाम दर्ता गराएकी छन् । पहिलो खेलमा पनि जेनिफर एक्लैले दमक नगरपालिकाविरुद्ध ५ गोल गरेकी थिइन् ।

यसैगरी, मेनुकाले खेलको ११, ३५ र ५५औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । कुसुम खतिवडा, मञ्जली कुमारी योञ्जन र मन्जिला योङहाङको नाममा समान २२ गोल दर्ता भएको छ ।

अर्जुनधाराका लागि कुसुमले खेलको १७ र १९औँ, मञ्जलीले ३४ र ३६औँ तथा मन्जिलाले खेलको ४२ र ५२औँ मिनेटमा गोल गरेकी हुन् । यस्तै, रेनु लिम्बूले खेलका ४५औँ मिनेटमा गोल गरेकी थिइन् भने एक गोल आत्मघातीस्वरुप उपहार मिलेको थियो ।

अर्जुनधाराकी कुसुम खतिवडा प्लेयर अफ दी म्याच बन्दै नगद ५ हजार पाउन सफल भइन् । भोलि कमल गाउँपालिकाले मेचीनगर नगरपालिकासँग तेस्रो क्वाटरफाइनल खेल खेल्नेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।

The post प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल : अर्जुनधारा सेमिफाइलनमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register