नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार  

काठमाडौँ।  पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको  सशस्त्र प्रहरीले मङ्गलवार  सकुशल उद्धार गरेको छ। सोही जिल्लाको प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने ३५ वर्षिय अनिता हरिजन त्रिवेणी व्यारेजबाट नारायणी नदीमा हाम फालेकी हुन् । घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमान्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल […]

Feb 11, 2025 - 14:53
 0
नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार  

काठमाडौँ। 

पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको  सशस्त्र प्रहरीले मङ्गलवार  सकुशल उद्धार गरेको छ।

सोही जिल्लाको प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने ३५ वर्षिय अनिता हरिजन त्रिवेणी व्यारेजबाट नारायणी नदीमा हाम फालेकी हुन् ।

घटनाबारे जानकारी पाउनासाथ बिओपी विनयी त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश थापाको कमान्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्धार  गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

उद्धार  पश्चात् उनलाई उपचारको लागि त्रिवेणी स्वास्थ्य चौकीमा लगिएको उनले बताए। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register