ट्रम्पले जोर्डनका राजासँग दोहोर्‍याए – गाजा अमेरिकाले नियन्त्रणमा लिनेछ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्डनका राजा अब्दुल्लाहसँगको भेटवार्तामा गाजा पट्टीको नियन्त्रण अमेरिकाले लिने दोहोर्‍याएका छन् । ह्वाइट हाउसमा मङ्गलबार भएको भेटमा ट्रम्पले यस्तो योजना सुनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसअघि राष्ट्रपति ट्रम्पले फेब्रुअरी ४ मा गाजा पट्टीमा अमेरिकी नियन्त्रणको प्रस्ताव राखेका थिए । प्यालेस्टिनीलाई इजिप्ट र जोर्डनमा स्थायी रुपमा बसोबासको व्यवस्था मिलाउनु […]

Feb 12, 2025 - 07:19
 0
ट्रम्पले जोर्डनका राजासँग दोहोर्‍याए – गाजा अमेरिकाले नियन्त्रणमा लिनेछ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्डनका राजा अब्दुल्लाहसँगको भेटवार्तामा गाजा पट्टीको नियन्त्रण अमेरिकाले लिने दोहोर्‍याएका छन् ।

ह्वाइट हाउसमा मङ्गलबार भएको भेटमा ट्रम्पले यस्तो योजना सुनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसअघि राष्ट्रपति ट्रम्पले फेब्रुअरी ४ मा गाजा पट्टीमा अमेरिकी नियन्त्रणको प्रस्ताव राखेका थिए । प्यालेस्टिनीलाई इजिप्ट र जोर्डनमा स्थायी रुपमा बसोबासको व्यवस्था मिलाउनु पर्ने उनले बताएका थिए ।

यद्यपि, जोर्डनलगायत त्यस क्षेत्रका अन्य देशले ट्रम्पको सुझावमा आपत्ति जनाएका थिए । ट्रम्पले यो प्रस्ताव गरेपछि उनी र जोर्डनका राजा अब्दुल्लाह बीचको यो पहिलो भेट हो ।

जोर्डन मध्यपूर्वमा अमेरिकाको एक प्रमुख सहयोगी हो । तर यो पटक भने अब्दुल्लाहले लाखौं प्यालेस्टिनीहरूलाई स्वागत गर्ने ट्रम्पको प्रस्तावलाई पहिले नै अस्वीकार गरिसकेका छन् ।

‘जोर्डन प्यालेस्टिनीहरूको विस्थापन विरुद्धको आफ्नो अडानमा दृढ छ,’ ट्रम्पसँगको भेटपछि अब्दुल्लाहले भने ।

ओभल अफिसमा जोर्डनका राजा अब्दुल्लाहको छेउमा बसेका अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो मन परिवर्तन नगर्ने संकेत गरेका थिए । प्यालेस्टिनीहरूलाई स्वीकार गर्ने प्रश्नमा भने उनले ’सबैका लागि उत्तम’ निर्णय लिनुपर्ने बताए ।

भेटपछि ट्रम्पले भने, ‘मलाई लाग्छ जब हामी वार्ता समाप्त गर्छौं, हामीसँग एउटा यस्तो ठाउँ हुनेछ, जहाँ उनीहरू (प्यालेस्टिनी) धेरै खुशी र सुरक्षित रुपमा बस्न सक्नेछन् ।’

हमासलाई नेतन्याहुको चेतावनी : शनिबारसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम भङ्ग हुन्छ

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register