दक्षिणकालीमा स्कुल बस दुर्घटना, २ को मृत्यु ४१ जना घाइते

काठमाडौं । काठमाडौंस्थित दक्षिणकाली नगरपालिका-४ मा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । आइतबार बा१क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस  करिव साढे ३ बजे सडकबाट १०० मिटर तल खस्दा  दुर्घटना भएको प्रहरीले जनाएको छ ।  सो दुर्घटनामा  २ जनाको उपचारको क्रममा मृत्यु भएको  छ भने ४१ जना घाइते भएका छन् । मृत्यु हुनेमा दक्षिणकाली नगरपालिका-४ घर […]

Feb 9, 2025 - 13:06
 0
दक्षिणकालीमा स्कुल बस दुर्घटना, २ को मृत्यु ४१ जना घाइते

काठमाडौं । काठमाडौंस्थित दक्षिणकाली नगरपालिका-४ मा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ ।

आइतबार बा१क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस  करिव साढे ३ बजे सडकबाट १०० मिटर तल खस्दा  दुर्घटना भएको प्रहरीले जनाएको छ ।  सो दुर्घटनामा  २ जनाको उपचारको क्रममा मृत्यु भएको  छ भने ४१ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दक्षिणकाली नगरपालिका-४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।  थापामगर स्कुल बसका चालक हुन् ।

घाइते भएकाहरूको काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register