रास्वपा केन्द्रीय समिति बैठकमा रवि लामिछानेको मुद्दाबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा सहकारी ठगी प्रकरणमा थुनामा रहेका सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतबाट भएको आदेशबारे छलफल हुने भएको छ । पार्टीको बैठक अहिले वनस्थलीस्थित कार्यालयमा सुरु भएको छ । बैठकमा लामिछानेबारे आएको सर्वोच्चको आदेशपछि के गर्ने भन्ने विषयमा छलफल हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् […]

May 25, 2025 - 06:29
 0
रास्वपा केन्द्रीय समिति बैठकमा रवि लामिछानेको मुद्दाबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा सहकारी ठगी प्रकरणमा थुनामा रहेका सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतबाट भएको आदेशबारे छलफल हुने भएको छ ।

पार्टीको बैठक अहिले वनस्थलीस्थित कार्यालयमा सुरु भएको छ । बैठकमा लामिछानेबारे आएको सर्वोच्चको आदेशपछि के गर्ने भन्ने विषयमा छलफल हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । यस्तै भिजिट भिसा काण्ड र गृहमन्त्रीको सग्लग्नताबारे पनि पार्टीको धारणा बनाउन छलफल हुनेछ । रास्वपाले शनिबारै गृहमन्त्री रमेश लेखकको राजीनामा मागिसकेको छ ।

यस्तै केन्द्रीय समिति बैठकमा पार्टीको आगामी कार्यदिशा र महाधिवेशन लक्षित क्यालेन्डरबारे पनि छलफल हुने झाले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register