लोसपा नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले बुधबार एक विज्ञप्ति जारी गर्दै भूमिसम्बन्धी अध्यादेश जनताको हितविपरीत भएकोले समर्थन नगर्ने जनाएका  हुन् । सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धिको दायराबाट बञ्चित राख्ने तथा वनफडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने […]

Feb 12, 2025 - 12:54
 0
लोसपा नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले बुधबार एक विज्ञप्ति जारी गर्दै भूमिसम्बन्धी अध्यादेश जनताको हितविपरीत भएकोले समर्थन नगर्ने जनाएका  हुन् ।

सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धिको दायराबाट बञ्चित राख्ने तथा वनफडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भूमिसम्बन्धी अध्यादेशप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,  ‘यस अध्यादेशको अन्तर्यको अध्ययन गर्दा समग्रमा अत्यन्त गरिब र पिछडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाईं, राजवंशी, रानाथारु लगायतका पूर्णरूपमा कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धीको दायराबाट बञ्चित राखिने तथा यो अध्यादेशले वनफडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने हाम्रो ठहर छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register