बुद्धको आयुसंस्कार परित्याग घोषणा दिवस मनाइयो

काठमाडौं। आज माघ पूर्णिमा अर्थात सिल्लापुन्हि, गौतम बुद्धले आफ्नो मृत्यु हुने दिनको घोषणा गरेको दिन । बौद्ध धर्मावलम्बीहरुले आजको दिनलाई बुद्धको आयुसंस्कार परित्याग घोषणा दिवसको रुपमा मनाउने गर्दछ । यसै सिलसिलामा काठमाडौंको बसन्तपपुरस्थित श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः ले पनि काठमाडौंको भित्री शहरमा गौतम बुद्धको मूर्तिलाई विशेष रुपले सजाएर शोभायात्राको आयोजना गरी बुद्धको आयुसंस्कार परित्याग दिवस […]

Feb 12, 2025 - 13:26
 0
बुद्धको आयुसंस्कार परित्याग घोषणा दिवस मनाइयो

काठमाडौं।

आज माघ पूर्णिमा अर्थात सिल्लापुन्हि, गौतम बुद्धले आफ्नो मृत्यु हुने दिनको घोषणा गरेको दिन । बौद्ध धर्मावलम्बीहरुले आजको दिनलाई बुद्धको आयुसंस्कार परित्याग घोषणा दिवसको रुपमा मनाउने गर्दछ । यसै सिलसिलामा काठमाडौंको बसन्तपपुरस्थित श्रीखण्ड तरुमूल महाविहार, सिखंमूबहाः ले पनि काठमाडौंको भित्री शहरमा गौतम बुद्धको मूर्तिलाई विशेष रुपले सजाएर शोभायात्राको आयोजना गरी बुद्धको आयुसंस्कार परित्याग दिवस मनाएको छ । 

 शोभायात्रापछि आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बुद्धको आयुसंस्कारपरित्याग घोषणा दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन माग गरिन् । उनले भनिन्– ‘भगवान् बुद्धले निर्वाण प्राप्त गरेको र बुद्धत्व प्राप्त गरेको दिन बैशाख शुक्ल पूर्णिमालाई धुमधामका साथ मनाउने चलन छ । तर उहाँले आफूले अबको ठीक तीन महिनापछि आफूले निर्वाण प्राप्त गर्दैछु भनेर घोषणा गरेको दिन अर्थात आयुसंस्कार परित्यागको दिनबारे भने धेरैलाई जानकारी नै छैन ।’

उहनले यो दिनको महत्वलाई दर्शाउन काठमाडौं महानगरपालिकाले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने जिकिर गर्दै राष्ट्रिय स्तरबाट पनि यो दिवस मनाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा कौन्डण्य महास्थविरले युद्ध होइन, शान्ति रोज्नुपर्छ भन्ने गौतम बुद्धको सन्देश आज पनि उत्तिकै सान्दर्भिक भएको जिकिर गर्दै बुद्धको आयुसंस्कार परित्याग दिवसका बारेमा पनि व्यापक प्रचारप्रसार हुनुपर्ने बताए ।

बुद्धको आयुसंस्कार परित्याग दिवस थेरवादी विहारहरुमा मात्रै मनाउने गरेको तर महायान तथा बज्रयान विहारहरुमा पनि यो दिवस मनाउने गरेको भन्ने कुरा त्यति सुन्नमा नआएको उल्लेख गर्दै श्रीखण्ड तरुमुल महाविहार संरक्षण तथा संचालन समितिका अध्यक्ष ई. दिल्लीरत्न शाक्यले यो दिवसको महत्वलाई जनमानसमा छर्न गत वर्षदेखि श्रीखण्ड तरुमुल महाविहारले संस्थागत रुपमा यो दिवस मनाउन शुरु गरेको बताए । उनले यो दिनको दार्शनिक, ऐतिहासिक र सांस्कृतिक पक्षलगायत विभिन्न दृष्टिकोणबाट यसको अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यक्तामा जोड दिंदै यो दिनको महत्वलाई आत्मसात् गर्दै सरकारी विदा पनि दिनुपर्ने धारणा समेत व्यक्त गरे । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register