ठगले म्यानमार लगेका नेपालीसहित २६० नागरिक मुक्त, थाईल्याण्डको बाटो फर्काइँदै

काठमाडौं । म्यान्मारको करेन प्रान्तमा दूरसञ्चारसम्बन्धी ठगी धन्दा गर्न सञ्चालित विभिन्न ‘स्क्याम’ सेन्टरबाट २० देशका २६० कामदार मुक्त भएका छन् । मुक्त भएकामा नेपाली पनि छन् । म्यान्मारको एउटा स्थानीय सशस्त्र समूहले उनीहरूलाई मुक्त गर्दै थाई सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ । उनीहरू सबैलाई अहिले थाईल्यान्ड ल्याइएको छ । मुक्त भएका नागरिकमा अफ्रिकाका विभिन्न […]

Feb 13, 2025 - 10:21
 0
ठगले म्यानमार लगेका नेपालीसहित २६० नागरिक मुक्त, थाईल्याण्डको बाटो फर्काइँदै

काठमाडौं । म्यान्मारको करेन प्रान्तमा दूरसञ्चारसम्बन्धी ठगी धन्दा गर्न सञ्चालित विभिन्न ‘स्क्याम’ सेन्टरबाट २० देशका २६० कामदार मुक्त भएका छन् । मुक्त भएकामा नेपाली पनि छन् ।

म्यान्मारको एउटा स्थानीय सशस्त्र समूहले उनीहरूलाई मुक्त गर्दै थाई सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ । उनीहरू सबैलाई अहिले थाईल्यान्ड ल्याइएको छ ।

मुक्त भएका नागरिकमा अफ्रिकाका विभिन्न मुलुक र नेपालसहित एसियाली देशका नागरिक रहेको समाचारमा उल्लेख छ । तीमध्ये २२१ पुरुष र ३९ महिला छन् ।

थाईल्यान्ड ल्याइएकामा इथियोपिया, केन्या, बुरुन्डी, नाइजिरिया, तान्जानिया, घाना, क्याम्बोडिया, फिलिपिन्स, मलेशिया, नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, चीन, इन्डोनेशिया, ताइवान, यूगान्डा, लाओस, र ब्रजिलका नागरिक छन् ।

गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको भेटमा थाई प्रधानमन्त्री पेतोङ्ताङ चिनवातले म्यान्मारसँगको सीमामा सञ्चालित ठगी केन्द्र बन्द गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

त्यसपछि थाई सरकारले आफ्नो भूमिबाट हुने बिजुली र ऊर्जा आपूर्ति रोकिदिएको थियो । केही विपक्षी सांसदले विगत दुई वर्षदेखि नै यस्तो कडाइ गर्न माग गर्दै आएका थिए ।

स्क्याम सेन्टरहरूले विदेशी कामदारलाई राम्रो तलबको लोभ देखाएर तथा म्यान्मार पुर्याउने गरेका छन् ।

त्यस्ता केन्द्रहरू अङ्ग्रेजी र चिनियाँ भाषा जान्ने मानिसलाई साइबर ठगीका लागि उपयोग गर्ने उद्देश्यले चलाइएको हुन्छ ।

थाईल्यान्डको विशेष अनुसन्धान विभागले करेन न्याश्नल आर्मी नामक एउटा सशस्त्र समूहका तीन कमान्डरविरुद्ध मङ्गलवार पक्राउपुर्जी जारी गरेको थियो ।

मुक्त भएकामा नेपालीको सङ्ख्या कति छ भन्ने खुल्न सकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register