ग्रेनाइट बिछ्याएपछि यस्तो देखिनेछ दरबारमार्ग

काठमाडौं । काठमाडौं महानगरले दरबारमार्गको फुटपाथमा ‘ग्रेनाइट’ राख्न सुरू गरेको छ । काठमाडौं महानगरले दरबारमार्ग क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउने योजना अन्तर्गत उक्त क्षेत्रको फुटपाथको स्तरोन्नती गर्न लागेको बताएको छ । महानगरले ५ करोड १५ लाख रुपैयाँ लगानीमा दरबारमार्गको महानगर प्रहरी वृत्तदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको फुटपाथमा ‘ग्रेनाइट’ बिछ्याउने, सडक बत्ती, बेञ्च र रेलिगं लगाउने काम […]

Feb 13, 2025 - 12:48
 0
ग्रेनाइट बिछ्याएपछि यस्तो देखिनेछ दरबारमार्ग

काठमाडौं । काठमाडौं महानगरले दरबारमार्गको फुटपाथमा ‘ग्रेनाइट’ राख्न सुरू गरेको छ । काठमाडौं महानगरले दरबारमार्ग क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउने योजना अन्तर्गत उक्त क्षेत्रको फुटपाथको स्तरोन्नती गर्न लागेको बताएको छ ।

महानगरले ५ करोड १५ लाख रुपैयाँ लगानीमा दरबारमार्गको महानगर प्रहरी वृत्तदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको फुटपाथमा ‘ग्रेनाइट’ बिछ्याउने, सडक बत्ती, बेञ्च र रेलिगं लगाउने काम गर्दैछ ।

महानगरले दरबारमार्गको दुवै किनारमा ७४१ मिटर लामो फुटपाथमा ‘ग्रेनाइट’ बिछ्याउँदैछ । महानगरले दरबार मार्ग क्षेत्रको फुटपाथमा पैदल यात्री बस्नका लागि ८ वटा बेञ्च, सुरक्षाका लागि रेलिगं र ४० वटा सडक बत्ती पनि राख्दैछ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register