गुट परिवर्तनबारे देउवाको चासो, आ-आफ्नो व्यवस्थापनबारे नेताहरूको चिन्ता

काठमाडौं ।  नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई बोलाएर महाधिवेशनमा समूह परिवर्तन गर्न खोजेको विषयमा चासो व्यक्त गरेका छन् । सञ्चारमाध्यममा आफूलाई सहयोग गर्दै आएका नेताहरू शेखर कोइरला समूहमा जान लागेको समाचार निरन्तर सार्वजनिक भइरहेपछि देउवाले गुट परिवर्तनबारे चासो राखेका हुन् । शुक्रबार आफ्नो निवासमा नेताहरूलाई बोलाएर यसबारे चासो राखेको बैठकमा सहभागी नेता गोपालमान […]

Feb 14, 2025 - 08:33
 0
गुट परिवर्तनबारे देउवाको चासो, आ-आफ्नो व्यवस्थापनबारे नेताहरूको चिन्ता

काठमाडौं ।  नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई बोलाएर महाधिवेशनमा समूह परिवर्तन गर्न खोजेको विषयमा चासो व्यक्त गरेका छन् ।

सञ्चारमाध्यममा आफूलाई सहयोग गर्दै आएका नेताहरू शेखर कोइरला समूहमा जान लागेको समाचार निरन्तर सार्वजनिक भइरहेपछि देउवाले गुट परिवर्तनबारे चासो राखेका हुन् । शुक्रबार आफ्नो निवासमा नेताहरूलाई बोलाएर यसबारे चासो राखेको बैठकमा सहभागी नेता गोपालमान श्रेष्ठले नेपालभ्युजलाई बताए ।

‘हाम्रा सिनियर साथीहरू शेखर कोइरालाको गुटमा गएको वा जाने तयारी भइरहेको सम्बन्धमा सार्वजनिक भएका समाचारहरूमा सभापतिले चासो राख्नुभयो । साथीहरूले आफूहरूले समूह परिवर्तन नगरेको विषय सभापतिलाइ भन्नुभयो,’ श्रेष्ठले भने ।

बैठकमा सहभागी नेताहरूले महाधिवेशनमा आफूहरूले फेरि सभापतिलाई नै समर्थन गर्ने प्रतिवद्धता जनाएको श्रेष्ठले बताए । यस्तै, नेता प्रकाशशरण महतले आगामी महाधिवेशनमा पार्टीलाई एकतावद्ध गरेर लैजाने विषयमा छलफल भएको बताए । उनले सभापति देउवालाई नै सहयोग गरेर अघि बढ्ने सामूहिक धारणा सहभागीहरूले बैठकमा राखेको बताएका छन् ।

नेताहरूले आफूहरूको समेत उचित व्यवस्थापनबारे ध्यानाकर्षण गराएको महतले जानकारी दिए । ‘हामीले सभापतिलाई सहयोग गर्ने विषयमा सामूहिक कुरा राख्यौँ । लामो समयदेखि सभापतिलाई साथ सहयोग गर्दै आएका साथीहरूले उचित व्यवस्थापनमा सभापतिले पनि सद्भाव देखाउनुपर्ने कुरा राख्नुभयो,’ उनले भने ।

सभापति देउवाले सबैको योगदानको कदर गर्दै एकतावद्ध रूपमा अघि बढ्ने बताएका छन् । ‘साथीहरूको योगदानको कदर गर्दै एकतावद्ध रूपमा अघि बढ्नुछ । हामीहरू बीचको एकता र हार्दिकता बलियो बनाउँदै अघि बढौँ,’ देउवाको भनाइ उद्दृत गर्दै श्रेष्ठले भने ।

बैठकमा सरकारका कामकारबाहीका विषयमा समेत छलफल भएको थियो । अध्यादेशको अन्तरवस्तुका कारण सरकारमाथि प्रश्न उठेको र सरकारको कामकारबाहीले कंग्रेसलाई पनि असर पुर्‍याएको भन्दै नेताहरूले सभापति देउवाको ध्यानाकर्षण गराएका थिए । ‘अध्यादेशका अन्तरवस्तु र सरकारको कामकारबाहीले कंग्रेसमाथि पनि प्रश्न उठेका छन् । सरकार सञ्चालनका सन्दर्भममा सरकारलाई परिणामुमखी बनाउने विषयमा पार्टीमा पनि छलफल हुनुपर्ने माग साथीहरूले राख्नुभयो,’ महतले भने ।

बैठकमा देउवालाई १० औँ महाधिवेशनदेखि हालसम्म साथ दिँदै आएका नेताहरूको सहभागिता थियो । बैठकमा कृष्णप्रसाद सिटौला,गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रकाश शरण महत,  एनपी साउद, उमाकान्त चौधरी लगायतका नेता पुगेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register