दमकबाट लागुऔषधसहित तीन जना पक्राउ

झापा, २८ माघ । दमक नगरपालिका–६ पुरानो सब्जी लाईनबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ७० क्याप्सुल र स्पास्पेन ८० क्याप्सुल सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलाम चुलाचुली गाउँपालिका-१ घर भई दमक नगरपालिका-५ बस्ने २५ वर्षीय रोहित राई र दमक नगरपालिका(७ बस्ने ३० वर्षीय राजेश राई रहेका छन् । इलाका प्रहरी [...] The post दमकबाट लागुऔषधसहित तीन जना पक्राउ appeared first on Jhapa Online.

Feb 10, 2025 - 03:01
 0
दमकबाट लागुऔषधसहित तीन जना पक्राउ

झापा, २८ माघ । दमक नगरपालिका–६ पुरानो सब्जी लाईनबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ७० क्याप्सुल र स्पास्पेन ८० क्याप्सुल सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ईलाम चुलाचुली गाउँपालिका-१ घर भई दमक नगरपालिका-५ बस्ने २५ वर्षीय रोहित राई र दमक नगरपालिका(७ बस्ने ३० वर्षीय राजेश राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, दमक नगरपालिका–८ बाट ट्रामाडोल ९० क्याप्सुल, स्पास्पेन ७० क्याप्सुल र स्पास्मो ६० क्याप्सुल सहित दमक नगरपालिका(८ बस्ने २५ वर्षीय प्रतिक श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

The post दमकबाट लागुऔषधसहित तीन जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register