सत्तारुढ दलको बैठक : अध्यादेश ६ फागुनमा बस्ने संसद बैठकको कार्यसूचीमा चढाउने सहमति

काठमाडौं ।  सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले सरकारले जारी गरेका अध्यादेश स्वीकृतका लागि आगामी ६ गतेको संसद बैठकको कार्युसूचीमा चढाउने भएको छ । बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकका अनुसार अध्यादेशलाई सहमतिमै टुंग्याउने गरी ६ गतेको बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनमा पेस गर्ने सहमति बैठकमा भएको हो । ‘यसमा सबै राजनीतिक दलहरू सहमत भएका […]

Feb 15, 2025 - 08:36
 0
सत्तारुढ दलको बैठक : अध्यादेश ६ फागुनमा बस्ने संसद बैठकको कार्यसूचीमा चढाउने सहमति

काठमाडौं ।  सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले सरकारले जारी गरेका अध्यादेश स्वीकृतका लागि आगामी ६ गतेको संसद बैठकको कार्युसूचीमा चढाउने भएको छ ।

बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकका अनुसार अध्यादेशलाई सहमतिमै टुंग्याउने गरी ६ गतेको बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनमा पेस गर्ने सहमति बैठकमा भएको हो ।

‘यसमा सबै राजनीतिक दलहरू सहमत भएका छौँ । चाँडै अगाडि बढ्छ । राष्ट्रिय सभाको बैठक ६ गते छ । त्यसै दिन अगाडि बढ्छ,’ उनले भने । अब अध्यादेश स्वीकृत हुने प्रक्रिया अगाडि बढ्ने पनि गृहमन्त्री लेखकले बताए ।

शनिवार बिहान ११ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सकारात्मक रूपमा टुङ्गिएको गृहमन्त्री लेखकको भनाइ छ ।

‘नेपाल सरकारले जारी गरेका अध्यादेशहरू सङ्घीय संसदका दुबै सदनमा दर्ता भएका छन्,’ उनले भने, ‘दुवै सदनबाट स्वीकृत गर्नुपर्ने भएकाले त्यसै विषयमा छलफल भयो । सकारात्मक भयो, सकारात्मक रूपले निष्कर्षमा पुगेका छौँ ।’

अध्यादेश स्वीकृत गर्दा बहुमत पुग्ने गरी छलफल भएको पनि गृहमन्त्री लेखकले दाबी गरे । उनले भने, ‘जसपा नेपाल माननीय उपेन्द्र जी, माननीय राज किशोर यादवसँग पनि फोनमा वार्ता भएको छ। त्यो बाहेकका सरकारमा रहेका सबै राजनीतिक दलका शीर्ष नेता बैठकमा उपस्थित हुनुहुन्थ्यो।’

भूमि सम्बन्धी अध्यादेशको विषयमा प्रतिस्थापन विधेयक ल्याउँदा सबैका मुद्दा र भावना समेट्ने गरी छलफल अघि बढेको पनि गृहमन्त्री लेखकले बताए।

‘यसमा प्रतिस्थापन हुन्छ । सबै अध्यादेशलाई प्रतिस्थापन गर्नैपर्छ । सहमति भएका अध्यादेश अगाडि बढ्छन्,’ उनले भने, ‘भूमि सम्बन्धी अध्यादेशमा छलफल गरेर प्रतिस्थापनमा सबैका धारणा सम्बोधन हुने गरी अगाडि बढ्छ ।’

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register