झापामा एचपीभी खोप अभियान : बाह्रदशीमा लक्ष्यभन्दा बढी प्रगति, कुन पालिकामा कतिले लगाए खोप ?

सन्तोष शर्माझापा, ३ फागुन । झापामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान अन्तरगत करिब ४७ हजार किशोरीले खोप लगाएका छन् । जिल्लामा माघ २२ गतेदेखि २९ गतेसम्म सञ्चालित अभियानका क्रममा उनीहरुले उक्त खोप लगाएका हुन् । जिल्लामा ५४ हजार नौ सय ७९ जना किशोरीलाई खोप लगाउने लक्ष्य तय गरिए पनि आठ दिनको अवधिमा ८५.४३ प्रतिशत [...] The post झापामा एचपीभी खोप अभियान : बाह्रदशीमा लक्ष्यभन्दा बढी प्रगति, कुन पालिकामा कतिले लगाए खोप ? appeared first on Jhapa Online.

Feb 15, 2025 - 15:10
 0
झापामा एचपीभी खोप अभियान : बाह्रदशीमा लक्ष्यभन्दा बढी प्रगति, कुन पालिकामा कतिले लगाए खोप ?

सन्तोष शर्मा
झापा, ३ फागुन ।
झापामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान अन्तरगत करिब ४७ हजार किशोरीले खोप लगाएका छन् ।

जिल्लामा माघ २२ गतेदेखि २९ गतेसम्म सञ्चालित अभियानका क्रममा उनीहरुले उक्त खोप लगाएका हुन् । जिल्लामा ५४ हजार नौ सय ७९ जना किशोरीलाई खोप लगाउने लक्ष्य तय गरिए पनि आठ दिनको अवधिमा ८५.४३ प्रतिशत मात्र लक्ष्य प्राप्ति भएको छ ।

विद्यालयभित्र रहेका ४४ हजार दुई सय १५ जना र विद्यालय बाहिर दुई हजार सात सय ५४ जना किशोरीलाई एचपीभी खोप लगाइएको स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिनुभयो । विद्यालयभित्र सञ्चालित खोप अभियानमा ९४.९ प्रतिशत प्रगति हासिल भएपनि विद्यालय बाहिर ३२.८ प्रतिशत मात्र प्रगति हासिल भएको उहाँले जानकारी दिनुभयो ।

कुन पालिकामा कति ?
जिल्लामा १५ वटा पालिकामध्ये सबैभन्दा धेरै बाह्रदशी गाउँपालिकाले १०१.८७ प्रतिशत प्रगति हासिल गरेको छ । यहाँ एक हजार नौ सय ७५ जनालाई खोप लगाउने लक्ष्य रहे पनि दुई हजार १२ जनाले खोप लगाएका छन् ।

त्यस्तै, मेचीगनर नगरपालिकामा छ हजार एक सय ६३ (८७.२५ प्रतिशत), बुद्धशान्तिमा दुई हजार आठ सय ६४ (९०.०९ प्रतिशत), अर्जुनधारा नगरपालिकामा दुई हजार सात सय १७ (७४.४६ प्रतिशत), कनकाई नगरपालिकामा दुई हजार पाँच सय २१ (८१.३५ प्रतिशत) र शिवसताक्षी नगरपालिकामा तीन हजार १७ जना (७७.८० प्रतिशत) किशोरीले खोप लगाएका छन् ।

यस्तै, कमल गाउँपालिकामा दुई हजार तीन सय ४० (८५.२८ प्रतिशत), दमक नगरपालिकामा पाँच हजार सात सय १६ (८७.६३ प्रतिशत), गौरादह नगरपालिकामा दुई हजार पाँच सय ८२ (८२.७८ प्रतिशत), गौरीगञ्ज गाउँपालिकामा १८ सय (८७.८० प्रतिशत), झापा गाउँपालिकामा एक हजार नौ सय ६५ (९६.५६ प्रतिशत) र बिर्तामोड नगरपालिकामा छ हजार आठ सय ८३ (९१.०१ प्रतिशत) जना किशोरीले खोप लगाएका छन् ।

त्यसैगरी, हल्दिबारी गाउँपालिकामा एक हजार तीन सय ६२ (७५.४२ प्रतिशत), भद्रपुर नगरपालिकामा तीन हजार चार (७७.९७ प्रतिशत) र कचनकवल गाउँपालिकामा दुई हजार २३ (८२.८४ प्रतिशत) किशोरीले एचपीभी खोप लगाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

जिल्लामा छुटपुट रहेकाहरुलाई समेत खोप लगाउने कार्य भइरहेकाले खोप लगाउनेको संख्या केही बढ्ने कार्यालयले जनाएको छ ।

The post झापामा एचपीभी खोप अभियान : बाह्रदशीमा लक्ष्यभन्दा बढी प्रगति, कुन पालिकामा कतिले लगाए खोप ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register