मोरी डेलेसँग जुध्दा आशिषको तीन ठाउँमा खुट्टा भाँचियो

काठमाडौं । नेपाल-चीनको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली खेलाडी आशिष राईको तीन ठाउँमा खुट्टा भाँचिएको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा घाइते भएका नेपाली खेलाडी राईको तीन ठाउँमा खुट्टा भाँचिएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनका अनुसार तत्काल राईलाई स्टार हस्पिटल पुर्‍याइएको भएतापनी अहिले मेडिसिटीमा भर्ना गर्ने तयारी भइरहेको छ । राई खेलको […]

Feb 15, 2025 - 15:03
 0
मोरी डेलेसँग जुध्दा आशिषको तीन ठाउँमा खुट्टा भाँचियो

काठमाडौं । नेपाल-चीनको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली खेलाडी आशिष राईको तीन ठाउँमा खुट्टा भाँचिएको छ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा घाइते भएका नेपाली खेलाडी राईको तीन ठाउँमा खुट्टा भाँचिएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

उनका अनुसार तत्काल राईलाई स्टार हस्पिटल पुर्‍याइएको भएतापनी अहिले मेडिसिटीमा भर्ना गर्ने तयारी भइरहेको छ ।

राई खेलको क्रममा ३७ औं मिनेटमा चिनियाँ खेलाडी मोरी डेलेसँग जुध्दा घाइते भएका थिए। डेलेको पनि ब्लुक्रस हस्पिटलमा उपचार भइरहेको छ। उनको भने लिगामेन्टमा मात्र समस्या देखिएको प्रवक्ता शाहले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register