झापामा लागुऔषधसहित एक जना पक्राउ
झापा, ४ फागुन । झापाको झापा गाउँपालिकाबाट लागुऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुका झापा गाउँपालिका–४ टाघनडुब्बास्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोरङ पथरी–शनिश्चरे नगरपालिका–८ का २४ वर्षीय दिपिन माझीलाई पक्राउ गरेको हो । उनीमाथि शंका लागेर चेकजाँच गर्दा गोजी भित्र राखी लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध [...] The post झापामा लागुऔषधसहित एक जना पक्राउ appeared first on Jhapa Online.

झापा, ४ फागुन । झापाको झापा गाउँपालिकाबाट लागुऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार बेलुका झापा गाउँपालिका–४ टाघनडुब्बास्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोरङ पथरी–शनिश्चरे नगरपालिका–८ का २४ वर्षीय दिपिन माझीलाई पक्राउ गरेको हो ।
उनीमाथि शंका लागेर चेकजाँच गर्दा गोजी भित्र राखी लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध ब्राउनसुगर प्लाष्टिकसहित २ ग्राम ३४ मिलिग्राम (प्लाष्टिक बाहेक १ ग्राम ६२ मिलिग्राम) फेला परेकाले उक्त लागुऔषधसहित उनलाई पक्राउ गरी थप अनुसन्धान कार्य कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
The post झापामा लागुऔषधसहित एक जना पक्राउ appeared first on Jhapa Online.
What's Your Reaction?






