प्रतिनिधिसभामा प्रश्नोत्तर : बढीमा दुई प्रश्न, समय एक मिनेट

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको ३६औं बैठकबाट प्रतिनिधिसभाको पाक्षिक कार्यतालिका पारित भएको छ । आइतबार बसेको समितिको ३६औं बैठकबाट कार्यतालिका पारित भएको हो । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रभावकारी बनाइने भएको छ । एकजना सांसदले धेरै प्रश्न सोध्ने र लामो भूमिका राख्ने गरिएकोमा अबदेखि बढीमा दुई प्रश्न वा एक मिनेटभित्र राख्नुपर्ने छ । यसअघिसम्म एकै जनाले आठवटा […]

Feb 16, 2025 - 07:09
 0
प्रतिनिधिसभामा प्रश्नोत्तर : बढीमा दुई प्रश्न, समय एक मिनेट

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको ३६औं बैठकबाट प्रतिनिधिसभाको पाक्षिक कार्यतालिका पारित भएको छ । आइतबार बसेको समितिको ३६औं बैठकबाट कार्यतालिका पारित भएको हो ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रभावकारी बनाइने भएको छ । एकजना सांसदले धेरै प्रश्न सोध्ने र लामो भूमिका राख्ने गरिएकोमा अबदेखि बढीमा दुई प्रश्न वा एक मिनेटभित्र राख्नुपर्ने छ । यसअघिसम्म एकै जनाले आठवटा प्रश्न १२ पेजसम्म राख्ने गरिएको थियो ।

‘बैठकमा माननीयहरुले बोल्ने र हिँड्ने प्रवृृत्ति बढेको छ । सांसदहरूले संसद चलेको अवस्थामा पूरा समय दिनुपर्यो । जरुरी बाहेकका काममा संसद् चल्न बाहिर समय नदिऔं । संसद् बैठकको अन्तिममा चाहिँ गणपुरक सङ्ख्या मात्रै पुर्याउनेजस्तो भएको छ । यो ठीक भएन,’ सभामुख देवराज घिमिरेले भने, ‘माननीयहरूलाई समय तय गर्न सहज होस् भनेर कार्यतालिका बनाएका छौं । तर उपस्थितिमा सुधार आएन ।’

सांसदहरूले कुन समय कुन प्रयोजनका लागि भन्ने नबुझ्ने गरेकाले समस्या हुने गरेको सांसद कतारा लामाले बताइन् ।

‘सांसदहरूले कुन समय कुन प्रयोजनका लागि भन्ने बुझ्नुभएन । कुन कुरा शून्यमा, कुन विशेषमा र कुन आकस्मिक भन्ने बुझनुपर्यो । प्रमुख सचेतकले वा संसद् सचिवालयले बुझाइदिनुपर्यो । आफूलाई मन लागेको बेला जुनसुकै समयमा बोल्ने स्थिति छ । संसद् बोल्न दिइएन भनेर बाहिर अफवाह फैलाउने काम भएको छ,’ उनले भनिन् ।

आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्ने कार्यतालिका छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register