प्रभु साहको प्रश्नप्रति प्रधानमन्त्रीको आक्रोश : ‘के म मेनपावरको मान्छे हुँ ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले राखेको प्रश्नमा आक्रोश व्यक्त गरेका छन् । आइतबार  प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रममा बोल्दै ओलीले रोष्ट्रमबाटै सांसद साहप्रति आक्रोश व्यक्त गरेका हुन् । सांसद साहले  प्रधानमन्त्री ओलीलाई ८ वटा प्रश्न बुँदागत रुपमा राखेका थिए । तर ओलीले त्यसको जवाफ दिनुको साटो आक्रोश […]

Feb 16, 2025 - 10:18
 0
प्रभु साहको प्रश्नप्रति प्रधानमन्त्रीको आक्रोश : ‘के म मेनपावरको मान्छे हुँ ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनता पार्टी (आजपा) का सांसद प्रभु साहले राखेको प्रश्नमा आक्रोश व्यक्त गरेका छन् ।

आइतबार  प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रममा बोल्दै ओलीले रोष्ट्रमबाटै सांसद साहप्रति आक्रोश व्यक्त गरेका हुन् ।

सांसद साहले  प्रधानमन्त्री ओलीलाई ८ वटा प्रश्न बुँदागत रुपमा राखेका थिए । तर ओलीले त्यसको जवाफ दिनुको साटो आक्रोश व्यक्त गरे ।

‘उहाँका प्रश्नहरू उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश आदीले अपमानजनक पनि रहेका छन् । संसद्जस्तो गरिमामय ठाउँमा यस्तोवाला भाषा कि विदेश युवा पठाएर के लाभ भयो जस्ता भाषा,’ प्रधानमन्त्री ओलीले साहलाई प्रतिप्रश्न गरे, ‘के म मेनपावरको मान्छे हुँ ?’

उनले युवाहरूको विदेश पलायनका विषयमा गरिएको प्रश्नमा अहिले आफू सरकारमा आएपछिको ८ महिनाबाट सुरु नभएको तर्क गरे ।

‘माननीयजीले गर्नुभएका प्रश्नहरूमा खासै जवाफ दिइरहनुपर्ने छैन । मैले धेरै जवाफ दिइरहनुपरेन । यहाँलाई धन्यवाद छ,’ उनले भने ।

प्रधानमन्त्रीसँग प्रश्न गर्नका लागि १० जना सांसदले नाम टिपाएका थिए । प्रतिनिधिसभाको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सकिएको छ ।

यी हुन् सांसद साहले राखेका प्रश्नहरू:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register