पाकिस्तानको पञ्जाबमा भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु, सात घाइते

इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा ११ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको प्रहरीले जनाएको छ । मुल्तान जिल्लामा एउटा यात्रु भ्यान, कार र मोटरसाइकल ठोक्किँदा छ जनाको मृत्यु भएको र सात जना घाइते भएको जिल्ला प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ । दुर्घटनास्थलमा उद्धार टोली तुरुन्तै […]

Feb 17, 2025 - 01:42
 0
पाकिस्तानको पञ्जाबमा भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु, सात घाइते

इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा ११ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको प्रहरीले जनाएको छ ।

मुल्तान जिल्लामा एउटा यात्रु भ्यान, कार र मोटरसाइकल ठोक्किँदा छ जनाको मृत्यु भएको र सात जना घाइते भएको जिल्ला प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ ।

दुर्घटनास्थलमा उद्धार टोली तुरुन्तै पुगे र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगियो ।

लेयाह जिल्लामा एक ट्रकसँग ठोक्किएर ट्र्याक्टर ट्रली पल्टिँदा तीन दाजुभाइसहित चार जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सडक दुर्घटनाहरू पाकिस्तानमा चिन्ताजनक मुद्दा बनेको छ । विगत केही वर्षहरूमा सडक दुर्घटनाहरू उल्लेखनीय रूपमा बढ्दै गएको छ । लापरबाही, सडकको खराब अवस्था र सवारी साधनको अपर्याप्त मर्मतसम्भार उच्च दुर्घटनाको मुख्य कारण हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register