सरकारले ल्याएका अध्यादेशले माफिया र तस्करलाई फाइदा पुग्ने एकीकृत समाजवादीको निष्कर्ष

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको ६ अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टीको मङ्गलबार बसेको स्थायी कमिटी बैठकले सरकारले ल्याएका अध्यादेशले भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्ष निकालेको हो । संसद् छलेर अध्यादेश ल्याएको र त्यसको अन्तरवस्तुमा एकीकृत समाजवादीको असहमति रहेकाले विपक्षमा मतदान […]

Feb 18, 2025 - 11:24
 0
सरकारले ल्याएका अध्यादेशले माफिया र तस्करलाई फाइदा पुग्ने एकीकृत समाजवादीको निष्कर्ष

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएको ६ अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टीको मङ्गलबार बसेको स्थायी कमिटी बैठकले सरकारले ल्याएका अध्यादेशले भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्ष निकालेको हो ।

संसद् छलेर अध्यादेश ल्याएको र त्यसको अन्तरवस्तुमा एकीकृत समाजवादीको असहमति रहेकाले विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।

“अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्षसहित अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा हाम्रो पार्टीको असहमति र विरोध छ । त्यसैले हाम्रो पार्टीले संसद्‌मा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ,” उनले भने ।

बैठकले पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन विस्फोटमा घाइत भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्यलाभको कामना गरेको छ ।

यस्तै, भारतको कलिङ्गा इन्स्टिट्युट अफ टेक्नोलोजीमा नेपाली विद्यार्थीहरूमाथि भएको धरपकडको विरोध गरेको छ । साथै, मृत फेला परेकी प्रकृति लम्सालको मृत्युप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

घटनामा संलग्नलाई कारबाही तथा नेपाली विद्यार्थीहरूको सुरक्षा प्रत्याभूतिका लागि पहल गर्न एकीकृत समाजवादीले सरकारको ध्यानाकर्षण गराएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register