विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु

झापा, १३ बैशाख । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–५ स्थित सडकमा दावाबन्दीबाट केशलीयातर्फ जाँदै गरेको प्र. १–०४–००१ त ०४१० नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सुनसरी बर्जु गाउँपालिका–२ बस्ने ४५ वर्षीय गंगाराम साहको मृत्यु भएको छ । ट्याक्टर चालक फरार रहेकाले प्रहरीले [...] The post विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु appeared first on Jhapa Online.

Apr 26, 2025 - 15:24
 0
विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु

झापा, १३ बैशाख । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।

मोरङको विराटनगर महानगरपालिका–५ स्थित सडकमा दावाबन्दीबाट केशलीयातर्फ जाँदै गरेको प्र. १–०४–००१ त ०४१० नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सुनसरी बर्जु गाउँपालिका–२ बस्ने ४५ वर्षीय गंगाराम साहको मृत्यु भएको छ । ट्याक्टर चालक फरार रहेकाले प्रहरीले उनको खोजी गरिरहेको छ ।

दाङ घोराही उपमहानगरपालिका–१० स्थित सडकमा रुकुम पश्चिमबाट काठमाडौँतर्फ जाँदै गरेको रा १ ख ३१८७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीय काली प्रसाद चौधरीको शुक्रबार राति मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकस्थित सडकमा आँपटारीबाट गैंडाकोटतर्फ आउँदै गरेको ग २ ख १०८० नम्बरको ट्रकको ठक्करबाट सोही महानगरपालिका–३ बस्ने ६० वर्षीय ताइसन तामाङको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरस्थित सडकमा झलारीबाट स्टेशनपुरतर्फ जाँदै गरेको म १ ह १२३३ नम्बरको अटोबाट खसेर अटोमा सवार सोही ठाउँ बस्ने केशव ठगुन्नाको छोरा १३ वर्षीय निराजन ठगुन्नाको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

सिराहाको बरियारपट्टी गाउँपालिका–४ शोहपुरस्थित सडकमा शोहपुरबाट हरिपुरतर्फ जाँदै गरेको स १ त ६३७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २२ वर्षीय सुरज रायको घटनास्थलमै मृत्यु भएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरूषको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । यी सबै दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register