प्रधानमन्त्री ओलीसँग देखभेटै चाहान्नन् मेयर बालेन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते सैनिक मञ्च टुँडीखेलमा हुने प्रजातन्त्र दिवसको कार्यक्रममा उपस्थीत हुन काठमाडौं महानगरलाई निमन्त्रणा पत्र पठाएका छन् । तर, आफै सह-आयोजक भएको कार्यक्रममा काठमाडौं महानगरका मेयर भने प्रजातन्त्र दिवसको कार्यक्रममा देखिने छैनन् । हरेक वर्ष प्रजातन्त्र दिवसका दिन हुने कार्यक्रमको मञ्च व्यवस्थापन, झाँकी र आकाशबाट फूल बर्साउने काम […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते सैनिक मञ्च टुँडीखेलमा हुने प्रजातन्त्र दिवसको कार्यक्रममा उपस्थीत हुन काठमाडौं महानगरलाई निमन्त्रणा पत्र पठाएका छन् ।
तर, आफै सह-आयोजक भएको कार्यक्रममा काठमाडौं महानगरका मेयर भने प्रजातन्त्र दिवसको कार्यक्रममा देखिने छैनन् ।
हरेक वर्ष प्रजातन्त्र दिवसका दिन हुने कार्यक्रमको मञ्च व्यवस्थापन, झाँकी र आकाशबाट फूल बर्साउने काम महानगरको हो । यस वर्ष पनि महानगरले यी काम गर्नेछ । तर, काठमाडौं महानगरका मेयर बालेन भने प्रजातन्त्र दिवसका दिन सैनिक मञ्चमा हुने कार्यक्रममा उपस्थित हुने छैनन् । किनभने, त्यहाँ प्रधानमन्त्री ओली हुनेछन् ।
मेयर बालेन भने प्रधानमन्त्री ओलीसंग देखभेट नै गर्न चाहाँदैनन् । ‘प्रोटोकल’ अनुसार महानगर प्रमुखले प्रधानमन्त्रीलाई स्वागत गर्नुपर्छ । मेयर बालेन भने ओलीसंगको भेट हुने प्राय: कार्यक्रम बारम्बार छल्दै आएकाछन् । यसअघि साउन २३ मा उपत्यका मेयर्स फोरमका पदाधिकारी प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका थिए । तर, काठमाडौं महानगरबाट बालेन भने उपस्थित भएनन् । उनले आफू नगइ उपमेयर सुनिता डंगोललाई पठाए । बालेन अनुपस्थित सो भेटघाटमा पनि प्रधानमन्त्रीले उनको आलोचना गरे ।
असोज १ मा काठमाडौं इन्दजात्रामा रमाइरहेको थियो । इन्द्रजात्राको आयोजक काठमाडौं महानगर भएपनि मेयर बालेन भने ओलीसंगको भेट छल्नकै लागि भारत हान्निएका थिए । मेयर नगए पनि प्रधानमन्त्री भने इन्द्रजात्रामा पुगे । इन्द्रजात्रामा मेयर बालेनको फोटो छापिएको टिर्सट लगाएर गएको भन्दै प्रहरीले १४ जना बालेन समर्थकलाई पक्राउ गर्यो ।
मेयर बालेन र ओलीबीच नोकझोंकको लामै फेहरीस्त छ । मेयर बालेन फेसबुकबाट बेलाबेला ओलीमाथि ‘स्टाटस’ प्रहार गरिरहन्छन् । वाचाल ओली पनि मौका पाउनसाथ बालेनलाई ‘शब्द वाण’ छाडिहाल्छन् ।
ओलीले बालेनमाथि पहिलोपटक सार्वजनिक रुपमा २०७९ मंसिर १२ मा आक्रोश पोखेका थिए । थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाउन खोजेपछि ओलीले सार्वजनिक मञ्चबाट पहिलोपटक बालेनको आलोचना गरे ।
बालेन पनि के कम ? ‘सुकुमबासीका नाममा राजनीति नगर्नु’ भन्दै ओलीलाई स्टाटसमार्फत चेतावनी दिए । यही बिन्दुबाट चिसिएको ओली-बालेन सम्बन्ध अहिलेसम्म सुधार भएको छैन । यो अवधिमा बालेनले ओलीलाई लक्षित गर्दै दर्जनौं स्टाटस लेखिसके काछन् । ओलीले पनि त्यति नै पटक बालेनमाथि ‘शब्द वाण’ हानेका छन् ।
पछिल्लो पटक ओली बालेन सम्बन्ध चिस्याउने विषय बन्यो, एमाले नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्मा । काठमाडौं महानगरले बालुवाटारस्थित शर्माको घरबाट जेठ १४ मा एक बालिकाको उद्धार गर्यो ।
महानगर शर्माले बालश्रम शोषण गरेको भन्दै प्रहरीकहाँ पुग्यो । तर, प्रहरीले सुरुमा उजुरी नै लिएन । उजुरी लिएपछि पनि अनुसन्धान गर्न आनाकानी गर्यो । प्रधानमन्त्री ओलीले नै बालश्रम शोषणको विषयसलाई गम्भीरतापूर्वक नलिएको भन्दै मेयर बालेन मुर्मुरिए । बालेनले भदौ १६ मा प्रधानमन्त्री ओली नै शर्मालाई जोगाउन लागेको भन्दै फेसबुकमा लामो पोष्ट लेखे ।
केही दिनमै बालेनको फेसबुकबाट यो पोष्ट हट्यो । बालेनको सचिवालयका अनुसार एमाले समर्थक र कार्यकर्ताले ‘रिर्पोट’ गरेका कारण फेसबुकले बालेनको पोष्ट हटायो । बालेनको पोष्ट फेसबुकबाट हटेपछि बालेन समर्थकले ओलीको फेसबुक अनफलो अभियान चलाए । अहिले सरकारी वकिलको कार्यालयले शर्माविरुद्ध मुद्धा नचलाउने निर्णय गरेको छ ।
फागुन ७ मा प्रधानमन्त्री ओली सैनिकमञ्चमा हुँदा मेयर बालेन भने मञ्चको उत्तरतिर रहेको रानी पोखरीमा हुनेछन् । प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रम टुंडिखेलमा चलिरहँदा उनी भने रानीपोखरीमा हुने चित्रकला कार्यक्रममा हुनेछन ।
प्रधानमन्त्री ओली र बालेनबीच कुनै समय समधुर सम्बन्ध थियो । काठमाडौं महानगरको मेयर निर्वाचित भएलगत्तै मेयर बालेन ओली निवास बालकोट पुगेका थिए । ओली र बालेनबीच बालकोटमा दूईपटक भेटघाट भएको थियो । बालकोट पुगेका मेयर बालेनलाई ओलीले तबला उपहार दिइपठाएका थिए । तर, राजनीतिको बक्रयात्रामा आज ओली र बालेन आम्नेसाम्ने उभिनै पनि दकस मान्छन् ।
What's Your Reaction?






