१४ लाखले लगाए एचपीभी खोप

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियानअन्तर्गत फागुन ६ गतेसम्म १४ लाख किशोरीले खोप लगाएका छन् । अभियानको १५औं दिनसम्म उत्साहजनक रूपमा किशोरीहरूले खोप लगाएको र विस्तृत विवरण आउन बाँकी रहेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ । गत माघ २२ गते […]

Feb 19, 2025 - 01:12
 0
१४ लाखले लगाए एचपीभी खोप

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियानअन्तर्गत फागुन ६ गतेसम्म १४ लाख किशोरीले खोप लगाएका छन् ।

अभियानको १५औं दिनसम्म उत्साहजनक रूपमा किशोरीहरूले खोप लगाएको र विस्तृत विवरण आउन बाँकी रहेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ । गत माघ २२ गते सुरु भएको अभियान फागुन ६ गतेसम्म आधिकारिक रूपमा चलिरहने खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी गराउनुभयो । डा. गौतमका अनुसार हाल प्राप्त विवरण प्रारम्भिक रहेको र विस्तृत विवरण आउन अझै एक दुई दिन लाग्छ ।

यसका साथै छुटेकाहरुका लागि खोप केन्द्रमा थप केही दिन खोप चालू गरिनेछ । नेपालको हिमाली भेगका हुम्ला, डोल्पा, मनाङ र मुस्ताङमा भने फागुनको तेस्रो सातादेखि मात्र खोप चालू गरिने छ । साथै अप्पर डोल्पामा भने चिसोका कारण चैत महिनामा अनुकूल समय हेरी खोप शुरू हुनेछ । अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षका किशोरीहरूलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ । अभियानका क्रममा करिब १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।

देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका अभियानमा १६ लाख ८८ हजार ७ सय ६८ किशोरीलाई खोप दिने सरकारको लक्ष्य रहेको छ । यो खोप अभियानका लागि ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी) को सहयोग रहेको छ । उसले चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्रान्डको १७ लाख ७० हजार ४ सय भाइल खोप उपलब्ध गराएको छ । यो खोप एक डोजमात्रै लगाए हुन्छ ।

गत माघ २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियान शुभारम्भ गरेसंगै देशैभर खोप अभियान शुरू भएको थियो । सरकारले यो वर्ष अभियानको रूपमा खोप शुरू गरे पनि अर्को वर्षदेखि नियमित खोप तालिकामा यो खोप राखिसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register