चोरी भएर बेल्जियम पुगेका सामग्री फिर्ता गराउने विषयमा उपमेयर डङ्गोल र राजदूतबीच छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डङ्गोलले महानगरपालिकाले सञ्चालन गरेको मेलमिलाप संयन्त्र युरोपेली देशका लागि नौलो र अनुकरणीय बनेको बताएकी छिन् । उनले बेल्जियम भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भ्रमणका उपलब्धिका विषयमा बोल्दै महानगरले प्रयोग गरेको विवाद समाधानको अभ्यास युरोपियन देशभन्दा राम्रो भएको प्रतिक्रिया पाएको बताएकी हुन् । युरोपियन युनियनको निमन्त्रणामा चैत […]

Apr 21, 2025 - 07:24
 0
चोरी भएर बेल्जियम पुगेका सामग्री फिर्ता गराउने विषयमा उपमेयर डङ्गोल र राजदूतबीच छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डङ्गोलले महानगरपालिकाले सञ्चालन गरेको मेलमिलाप संयन्त्र युरोपेली देशका लागि नौलो र अनुकरणीय बनेको बताएकी छिन् ।

उनले बेल्जियम भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भ्रमणका उपलब्धिका विषयमा बोल्दै महानगरले प्रयोग गरेको विवाद समाधानको अभ्यास युरोपियन देशभन्दा राम्रो भएको प्रतिक्रिया पाएको बताएकी हुन् ।

युरोपियन युनियनको निमन्त्रणामा चैत २३ गते बेल्जियम गएकी डङ्गोलले सहरी विकास योजना, न्यायिक प्रणाली र सांस्कृतिक सम्पदासम्बन्धी बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमण गरेकी छन् ।

यस क्रममा उनले स्थानीय सरकारसँग यी क्षेत्रको असल अभ्यास र अनुभव आदानप्रदान गरिएको जानकारी पनि दिइन् । नेपालबाट विभिन्न समयमा चोरी भएर बेल्जियम पुगेका सामग्री फिर्ता गराउने विषयमा उपप्रमुख डङ्गोलले बेल्जियमस्थित नेपाली दूतावाससँग छलफलसमेत गरेकी छन् ।

इटुम्बहाल चन्द्रकेश महाविहारबाट चोरी भएको १२ औँ शताब्दीको टुँडाल, पशुपति रुद्र गाडेश्वरबाट हराएको लाकुलिस/पर्शुरामको मूर्ति र राष्ट्रिय सङ्ग्रहालयबाट हराएको ११औँ शताब्दीको प्राचीन ग्रन्थ शिवधर्मोत्तर शास्त्र गाथा चित्र फिर्ता गराउने विषयमा कुराकानी भएको उनले जानकारी दिइन् ।

उनले अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयलाई दूतावाससँग समन्वय गरेर सामग्री फिर्ता गराउने प्रक्रियालाई तत्काल टुङ्गोमा पुर्याउनसमेत आग्रह गरिन् ।

 

 

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register