शनिवारदेखि साताव्यापी स्वयम्भु महोत्सव

काठमाडाैं । यही शनिवारदेखि साताव्यापी स्वयम्भु महोत्सव हुने भएको छ । काठमाडाैं महानगरपालिका वडा नं १५ को आयोजनामा महोत्सव हुनेछ । यही १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा वडाको भौगोलिक अवस्थिति, धार्मिक, सांस्कृतिक तथा सामाजिक रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बासहितका प्राचीन स्मारकजस्ता विविधतायुक्त विशेषतालाई पहिचानका रूपमा स्थापित हुन भएको छ । महोत्सवको बारेमा जानकारी […]

Feb 20, 2025 - 01:24
 0
शनिवारदेखि साताव्यापी स्वयम्भु महोत्सव

काठमाडाैं ।

यही शनिवारदेखि साताव्यापी स्वयम्भु महोत्सव हुने भएको छ ।

काठमाडाैं महानगरपालिका वडा नं १५ को आयोजनामा महोत्सव हुनेछ । यही १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा वडाको भौगोलिक अवस्थिति, धार्मिक, सांस्कृतिक तथा सामाजिक रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बासहितका प्राचीन स्मारकजस्ता विविधतायुक्त विशेषतालाई पहिचानका रूपमा स्थापित हुन भएको छ ।

महोत्सवको बारेमा जानकारी दिँदै वडा अध्यक्ष ईश्वरमान डंगोलले सबैले मेरो महोत्सव हो भन्न सक्ने, सद्भावयुक्त पहिचानको प्रवर्धन गर्न महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । यो पहिचानले वडासँगै वडाबासी व्यक्ति, समुदाय, निजी तथा सामाजिक क्षेत्र सबैको दिगो विकास हुन सकोस् भन्ने हाम्रो अभिप्राय रहेको उल्लेख गर्नुभयो ।

महोत्सव अवलोकनका लागि वडा समितिको तर्फबाट सवैलाई निमन्त्रणा दिनुभएको छ । महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गर्ने योजना छ । प्रदर्शनीमा परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, बुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा राख्ने तयारी गरिएको छ ।

वडाबासीले उत्पादन गरेका मौलिक सामान तथा वस्तु पनि प्रदर्शन गरिनेछ । यस्तै, मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा हुनेछन् । रञ्जना लिपि लेखन, मुहार चित्रकारिताजस्ता क्रियाकलाप महोत्सवका आकर्षण हुनेछन् । ‘पुर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरू समावेश गरिनेछ ।

महोत्सवमा स्थानीय सहभागिता गर्न वडाले वडास्तरीय छलफल आयोजना गरिसकेको छ । यस्तै, महोत्सव प्रवर्धनका लागि साइकल ¥यालीलगागत कार्यक्रम सम्पन्न गरेको छ । अहिले स्थानीयहरू महोत्सवमा प्रदर्शन गर्ने सामान तथा वस्तु व्यवस्थापन गर्न र सांस्कृतिक कार्यक्रमको अभ्यास गर्नमा व्यस्त छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register