एमबाप्पेको ह्याट्रिकले रियल मड्रिड अन्तिम १६ मा, म्यानचेस्टर सिटी बाहिरियो

काठमाडौं । फ्रेन्च स्टार किलियन एमबाप्पेको ह्याट्रिक सहयोगमा स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ का लागि छनोट भएको छ । नेपाली समयअनुसार बिहीबार बिहान सम्पन्न प्लेअफको दोस्रो लेगमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ गोल अन्तरले हराउँदै रियलले अन्तिम १६ स्थान पक्का गरेको हो । प्लेअफको पहिलो लेगमा रियल सिटीमाथि ३–२ ले […]

Feb 20, 2025 - 01:22
 0
एमबाप्पेको ह्याट्रिकले रियल मड्रिड अन्तिम १६ मा, म्यानचेस्टर सिटी बाहिरियो

काठमाडौं । फ्रेन्च स्टार किलियन एमबाप्पेको ह्याट्रिक सहयोगमा स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ का लागि छनोट भएको छ ।

नेपाली समयअनुसार बिहीबार बिहान सम्पन्न प्लेअफको दोस्रो लेगमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ गोल अन्तरले हराउँदै रियलले अन्तिम १६ स्थान पक्का गरेको हो ।

प्लेअफको पहिलो लेगमा रियल सिटीमाथि ३–२ ले विजयी भएको थियो । खेलमा समग्र ६–३ को जित हासिल गर्दै रियलले अन्तिम १६ मा स्थान बनाएको हो ।

खेलको चौथो, ३३औं र ६१औं मिनेटमा गोल गर्दै एमबाप्पेले आफ्नो ह्याट्रिक पूरा गरेका थिए । निर्धारित समयमा ३–० को सहज स्थितिमा रहेको रियलले दोस्रो हाफको इन्ज्युरी समयमा गोल सामना गर्न पुग्यो ।

सिटीका लागि दोस्रो हाफको इन्ज्युरी समयमा स्पेनिस खेलाडी निको गोन्जालेजले गोल गरेका थिए ।

अब अन्तिम १६ मा सर्वाधिक १५ पटकको विजेता रियलले स्पेनिस प्रतिद्वन्दी एट्लेटिको मड्रिड वा जर्मन क्लब लेभरकुसेनको समना गर्ने भएको छ ।

रियलसँग पराजित भएपछि पूर्वविजेता सिटी भने प्लेअफ चरणबाटै बाहिरिएको छ ।

बिहीबार बिहान भएका सबै खेलको नतिजा :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register