कतारमा ‘घर त नेपाल’ नामक बैङ्किङ सेवाबारे नबिलको जनचेतनामूलक कार्यक्रम

दोहा । नबिल बैङ्कले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैङ्किङ कारोबारसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कतारको र्‍याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षकको कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको सहभागिता थियो । नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेड र नबिल स्टक डिलर लिमिटेडको समन्वयमा आयोजित कार्यक्रममा नबिल बैङ्कका विभिन्न विभागका […]

Feb 4, 2025 - 07:15
 0
कतारमा ‘घर त नेपाल’ नामक बैङ्किङ सेवाबारे नबिलको जनचेतनामूलक कार्यक्रम

दोहा । नबिल बैङ्कले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैङ्किङ कारोबारसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

कतारको र्‍याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षकको कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको सहभागिता थियो ।

नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेड र नबिल स्टक डिलर लिमिटेडको समन्वयमा आयोजित कार्यक्रममा नबिल बैङ्कका विभिन्न विभागका प्रतिनिधिले रेमिट्यान्स, निक्षेप, डिजिटल बैङ्किङ, कर्जा तथा लगानीका साथै वित्तीय सचेतना, वित्तीय सेवाको उपयोग, बचत र लगानीका सम्बन्धमा अन्तरक्रियात्मक छलफल गरेका थिए ।

कार्यक्रममा विदेशबाट फर्किएका नेपाली कामदारहरूको उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ को बारेमा जनकारी दिइएको थियो ।

त्यस अवसरमा कतारका लागि नेपाली राजदूत रामेशचन्द्र पौडेलले औपचारिक माध्यमबाट रकम नेपाल पठाउँदा नेपालको समग्र अर्थतन्त्रलाई फाइदा पुग्ने भएकाले पैसा पठाउँदा औपचारिक माध्यमको प्रयोग गर्न आग्रह गरे ।

राजदूत पौडेलले कार्यक्रम सम्बोधन गर्दै भने, ‘आर्थिक सुरक्षाको लागि प्रवासी नेपालीहरूले आफ्नो रेमिट्यान्स सुरक्षित र व्यवस्थित रूपमा औपचारिक बैङ्किङ प्रणालीमार्फत पठाउनुपर्छ । यसले तपाईँहरूको मेहनतको सही संरक्षण गर्ने मात्र होइन, नेपालकै आर्थिक स्थायित्वमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।’

नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले नेपाल र कतार दुवै देशको अर्थतन्त्रको विकासमा नेपाली श्रमिकहरूको महत्त्वपूर्ण योगदान रहेकामा जोड दिए ।

कतारमा भारतीयपछि नेपाली श्रमिकको सङ्ख्या सबैभन्दा धेरै रहेको उल्लेख गर्दै उनले आफूहरू यहाँ आउनुको उद्देश्य डिजिटल सेवाबारे जानकारी गराउनु रहेको बताए ।

जसमा कतारको मोबाइल प्रयोग गरी अनलाइनमार्फत बैङ्कमा खाता खोल्न, कर्जाका लागि आवेदन दिन तथा बैङ्कअन्तर्गतका अन्य कम्पनीमार्फत एसआईपी, म्युचुअल फन्ड र सेयर बजारमा लगानी गर्न सकिने उनको भनाइ थियो ।

नबिल बैङ्कका नायब महाप्रबन्धक आदर्श बजगाईँले भने, ‘नेपालको अग्रणी वित्तीय संस्थाको रूपमा, हामी विदेशमा श्रम गरिरहेका नेपालीहरूको ठुलो योगदानलाई सम्मान गर्छौँ । हाम्रो उद्देश्य भनेकै तपाईँहरूको मेहनतको उचित सदुपयोग गर्दै, तपाईँहरूको आर्थिक सुरक्षालाई सुनिश्चित गर्ने वित्तीय उपकरणहरू उपलब्ध गराउनु हो ।’

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए), कतारका अध्यक्ष रमेश भट्टले प्रवासी समुदायमा वित्तीय सचेतनाको आवश्यकतामा जोड दिए ।

उनले भने, ‘वित्तीय साक्षरताले दीर्घकालीन समृद्धिको ढोका खोल्छ। सचेत वित्तीय निर्णयहरू गरेर र बैङ्किङ सेवा सही रूपमा उपयोग गरेर, हामी रेमिट्यान्सलाई दिगो लगानीमा रूपान्तरण गर्न सक्छौँ, जसले हाम्रो परिवार र नेपालको अर्थतन्त्रलाई फाइदा पुर्‍याउँछ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register