प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै बालेनले भने : अमेरिकाले ‘भ्रष्टाचारी’ भनिसक्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘भ्रष्टाचारी’ भनेको सम्झाएका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गर्दै आफूलाई मेयर भएको बिर्सिदिन र नेपाली भएर बाँच्ने अधिकार दिन आग्रह गरेका हुन् । ‘प्यारा प्रधानमन्त्रीज्यू, अमेरिकाले करप्ट भनिसक्यो, भारतले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन । […]

Feb 21, 2025 - 04:26
 0
प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै बालेनले भने : अमेरिकाले ‘भ्रष्टाचारी’ भनिसक्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘भ्रष्टाचारी’ भनेको सम्झाएका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गर्दै आफूलाई मेयर भएको बिर्सिदिन र नेपाली भएर बाँच्ने अधिकार दिन आग्रह गरेका हुन् ।

‘प्यारा प्रधानमन्त्रीज्यू, अमेरिकाले करप्ट भनिसक्यो, भारतले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन । मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस,’ उनले फेसबूकमा लेखेका छन् ।

हालैको एक भाषणमा अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको सङ्घीयताको सुदृढीकरणका लागि छुट्याइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर रोकिएको जानकारी गराएका हुन् ।

उनले यसलाई ठगीको संज्ञा दिँदै रोकेका हुन् । मेयर शाहले यसैबारे प्रधानमन्त्रीमाथि कटाक्ष गरेका हुन् ।

यस्तै भारतको ओडिसा राज्यको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सङ्केत गर्दै उनले ‘भारतले भिकारी भनिसक्यो’ भनेको बुझ्न सकिन्छ ।

यसअघि मेयर शाहले डाइभरसिटी भिसा (डीभी) रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनुरोध गरेका थिए ।

उनले बिहीबार राति सामाजिक सञ्जालमार्फत ट्रम्पसँग डीभी चिट्ठा रोकेर संसारलाई अघि बढ्न दिन आग्रह गरेका हुन् ।

‘कृपया आफ्नो लोभ (डीभी) दासत्व पनि रोक्नुहोस् । हामी हाम्रा रत्नहरू फिर्ता ल्याउनेछौं,’ उनले फेसबूकमा लेखेका छन्, ‘बाँकी संसारलाई तपाईंको देशमा आउन प्रतिबन्ध लगाउनुहोस् र संसारलाई अघी बढ्न दिनुहोस् ।’

ट्रम्पलाई बालेनको अनुरोध : डीभी रोक्नुहोस्, संसारलाई अघि बढ्न दिनुहोस्

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register