सार्वजनिक जीवनबाट हराएका ज्याक मा राष्ट्रपति सीसँगै देखिनुको अर्थ !

काठमाडौं । गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङले मुलुकका व्यापारिक नेतृत्वसँग छलफल गरे । त्यस कार्यक्रममा उपस्थित भए, अलिबाबाका संस्थापक ज्याक मा । सन् २०२० मा चीनको वित्तीय अवस्थाबारे टिप्पणी गरेसँगै सार्वजनिक जीवनबाट हराएका ज्याक माको उपस्थितिप्रति उत्साहसँगै विभिन्न अड्कलबाजी सार्वजनिक भइरहेका छन् । ज्याक माको उपस्थिति चीनको प्रविधि, ज्याकमा स्वयं र चिनियाँ अर्थतन्त्रका लागि […]

Feb 21, 2025 - 09:17
 0
सार्वजनिक जीवनबाट हराएका ज्याक मा राष्ट्रपति सीसँगै देखिनुको अर्थ !

काठमाडौं । गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङले मुलुकका व्यापारिक नेतृत्वसँग छलफल गरे । त्यस कार्यक्रममा उपस्थित भए, अलिबाबाका संस्थापक ज्याक मा ।

सन् २०२० मा चीनको वित्तीय अवस्थाबारे टिप्पणी गरेसँगै सार्वजनिक जीवनबाट हराएका ज्याक माको उपस्थितिप्रति उत्साहसँगै विभिन्न अड्कलबाजी सार्वजनिक भइरहेका छन् ।

ज्याक माको उपस्थिति चीनको प्रविधि, ज्याकमा स्वयं र चिनियाँ अर्थतन्त्रका लागि लाभदायी रहेको विश्लेषण भइरहेका छन् । संयोग नै मान्नुपर्छ, उनी चीनमा देखिएकै दिन अलिबाबाको सेयर मूल्यमा अमेरिकाको न्यूओर्कभर उछाल आएको थियो । ज्याक माको उपस्थितिलाई उनको पुर्नस्थापना, टेक उद्योगप्रति कारबाहीको समाप्ति र अमेरिकी प्रतिबन्धको प्रतिवादको तयारीका रूपमा हेरिएको छ ।

के ज्याक पुनर्स्थापित भएका हुन् ?

ज्याक मा सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको स्वागतका पोस्ट ओइरिएका थिए । चिनियाँ सामाजिक सञ्जाल विबोका एक प्रयोगकर्ताले लेखेका थिए, “स्वागत छ, ज्याक मा र सुरक्षित अवतरणका लागि बधाइ पनि !”

अर्का प्रयोगकर्ताले चीनको खस्कँदो अर्थतन्त्र उकास्न उनी सहयोगी हुनसक्ने विचार राखेका छन् । “ज्याक माको पुनरागमन चिनियाँ अर्थतन्त्र उकास्ने सुई बन्नसक्छ,” ती प्रयोगकर्ताको विचार छ ।

ज्याक मा स्वयंले आफ्नो उपस्थितबारे केही बोलेका छैनन् । तर, उनको उपस्थितिलाई लिएर विश्लेषकहरूले विभिन्न कोणबाट परिचर्चा गरिरहेका छन् । विश्लेषक विल विसपले लेखेका छन्, “भलै ज्याक मा मौन छन् । सीसँग उनले मिलाएको हातको उनको पुनर्स्थापितको स्पष्ट सङ्केत हो ।”

सन् २०२० मा चीनको अर्थतन्त्रमा सरकारले कुनैपनि नवप्रवर्तक सोच नराखेको भन्दै ज्याक माले आलोचना गरेका थिए । सरकारी संयन्त्र धरौटी गृहजस्तो भएको टिप्पणी गरेसँगै ज्याक मा सार्वजनिक वृत्तबाट टाढिन पुगे । त्यस प्रकणपछि उनले जापानमा लामो समय बिताए । यो टिप्पणी ज्याक मालाई निकै महङ्गो पनि साबित भयो । उनले लगानी कम्पनीमा जुटेको साढे ३४ अर्ब रुपैयाँसमेत उनले गुमाउन पुगे ।

ज्याक माको पुनरागमनलाई चीनले प्रविधि क्षेत्रको नीतिमा गरेको परिवर्तनका रुपमा बुझ्न सकिने विश्लेषकहरू बताउँछन् । सीले अध्यक्षता गरेको सम्मेलनमा ज्याक माको उपस्थिति उनकै लागि पनि लाभदायक रहेको विश्लेषकहरूको मत छ । यद्यपि, उक्त कार्यक्रममा वक्ताका रुपमा ज्याक मा नरहनुले आफ्नो पुरानै रवाफमा उनी नरहेको बुझ्नुपर्ने कतिपयको मत छ । उनको उपस्थितिलाई चिनियाँ सञ्चारमाध्यमले कम महत्व दिएका कारणले पनि यसलाई इङ्गित गरेको छ ।

कम्प्युटरको कुनै पृष्ठभूमि नभएका ज्याक मा अङ्ग्रेजी शिक्षक थिए । उनले दुई दशकअघि आफ्ना साथीहरूलाई मनाउँदै इ–कमर्श साइट अलिबाबा खोलेका थिए । अलिबाबा चीनको सबैभन्दा ठूलो इ–कमर्श साइट थियो । अलिबाबा चलाएपछि ज्याक मा पनि चीनको धनी व्यक्ति बनेका थिए ।

टेक उद्योगप्रतिको कारबाही समाप्त भएको हो ?

त्यस सम्मेलनमा राष्ट्रपति सीले अब नयाँ–नयाँ प्रविधि कम्पनीहरूको खोजी गर्नुपर्ने, ती विस्तार हुनुपर्ने र आफ्नो कामलाई निकै गोप्य राख्नुपर्ने मत राखेका थिए । निजी संस्था र व्यापारीहरूलाई आफ्नो क्षमता देखाउने उपयुक्त समय आएको उनको भनाइ थियो ।

सीले निजी कम्पनीलाई पनि राम्रो लयमा फर्काउन चीनले तयारी गरिरहेको रुपमा यसको विश्लेषण भइरहेको छ । प्रविधिक कम्पनिप्रति चीनले कठोर नीति लिँदा ज्याक माको अधोगति सुरु भएको थियो । चीनमा प्रविधि कम्पनीहरूले डेटा सुरक्षा र विद्युतीय सम्पत्तिमा राज्यको कडा नियन्त्रण खेप्नुपरेको थियो । साझा समृद्धि अभियानअन्तर्गत अन्य क्षेत्रका कम्पनीहरूले पनि कडा नियन्त्रणको सामना गरेका थिए ।

ज्याक माको कार्यक्रममा उपस्थितिले राज्यले निजी क्षेत्रलाई अब खुकुलो गर्ने सङ्केतका रुपमा बुझ्न सकिने अनुसन्धान संस्था काउन्टरपोइन्टका निर्देशक रिचर्ड विन्डसर बताउँछन् । “चीनको नेतृत्वले धेरै नियन्त्रण गरेको थियो । ज्याक मा पुगेको कार्यक्रममको सङ्केत निजी क्षेत्रप्रति फुकुलो बन्ने खालको छ,” उनले बीबीसीसँग भनेका छन् ।

उक्त कार्यक्रममा ज्याक मासँगै यान्त्रिक बौद्धिकता (एआईमा ) तहल्का पिटिरहेको डिपसिकका संस्थापक लियाङ विनफेङ, हुवावेका प्रतिनिधि, विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीका प्रतिनिधि पनि सरिक थिए । साओमीका प्रमुख कार्यकरी लीई जुनले राष्ट्रपति सीले व्यापारीहरूप्रति राम्रो सङ्केत गरेको बताएका छन् । “उहाँले व्यापारीहरूप्रति माया र साथ दर्साउनुभयो,” उनको टिप्पणी छ ।

अमेरिकी प्रतिबन्धपछिको कदम ?

राष्ट्रपति सीले डिपसिकको आगमन र अमेरिकाले लगाएको प्रतिबन्धलगत्तै कार्यक्रम आयोजना गरेका थिए । डिपसिक सबैभन्दा बढी डाउनलोड भएको एआई च्याटबट हो । यसले अमेरिकाको प्रविधि बजारमा समेत निकै हलचल ल्याएको थियो भने अमेरिकी नेतृत्वमा त्रास नै पैदा गरेको थियो ।

यता चीनमा डिपसिकको विश्वव्यापी सफलताले राष्ट्रिय गौरवको लहर फैलाएको छ । डीपसिकमा लगानी पनि बढिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि कर थोपरिरहेको सन्दर्भमा उद्यमीहरूप्रतिको दृष्टकोण परिवर्तनमा सी लागेका हुन् ।

लगानीकर्ता र उद्यमीहरूलाई उपयुक्त वातावरण बनाउन आफ्नो राष्ट्रिय प्राथामिकता रहेको सङ्केत सीले गरेको विश्लेषण पनि भएको छ । सीले उच्च गुणस्तरको विकास र नवीन उत्पादक शक्ति निर्माण आफ्नो प्राथामिकता रहेको बताउँदै आएका छन् । उनले एआई विकास र प्रविधियुक्त पूर्वाधार निर्माणलाई प्राथामिकतामा राखेका छन् ।

सन् २०३५ भित्र समाजवादी आधुनिकीकरणमा मुलुकलाई प्रवेश गराउने लक्ष्य सीको छ । यो नीतिअन्तर्गत सीले अत्याधुनिक उत्पादन र विदेशी प्रविधिको निर्भरता अन्त्यको लक्ष्य राखेका छन् । आफ्नो यो लक्ष्य प्राप्तका लागि निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको सीले राम्रोसँग बुझेका छन् । युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा प्रविधि अध्यापन गराउने प्राध्यापक मरिना झाङ भन्छिन्, “प्रविधि कम्पनीमाथिको निगरानी पूर्णरुपमा अन्त्य गर्ने पक्षमा बेइजिङ देखिएको छैन ।”

ज्याक माको उपस्थितिले पनि बेइजिङ कडा नियन्त्रणबाट बाहिरिन खोजेपनि नियन्त्रित सहकार्य नछोड्ने सङ्केत गरेको छ । यद्यपि, निजी क्षेत्र चीको आर्थिक महत्वाकाङ्क्षाको एक महत्वपूर्ण हिस्सा हुन् भन्ने कुरा सीले बुझेका छन् ।

–बीबीसीको सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register