भरत खवास अनसोल्ड

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा फरवार्ड भरत खवास अनसोल्ड भएका छन् । एनएसएलको जारी अक्सनमा क्याटेगोरी ‘ए’का खवास पहिलो चरणमा अनसोल्ड भएका हुन् । गत सिजन उनले एफसी चितवनका लागि खेलेका थिए । यस्तै, क्याटेगोरी ‘बी’का युवराज खड्का पनि अनसोल्ड भएका छन् । यता, काठमाडौं रेजर्सले क्याटेगोरी ‘बी’का कमल श्रेष्ठलाई १ लाख ५० हजार रुपैयाँमा […]

Feb 22, 2025 - 06:59
 0
भरत खवास अनसोल्ड

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा फरवार्ड भरत खवास अनसोल्ड भएका छन् ।

एनएसएलको जारी अक्सनमा क्याटेगोरी ‘ए’का खवास पहिलो चरणमा अनसोल्ड भएका हुन् । गत सिजन उनले एफसी चितवनका लागि खेलेका थिए ।

यस्तै, क्याटेगोरी ‘बी’का युवराज खड्का पनि अनसोल्ड भएका छन् ।

यता, काठमाडौं रेजर्सले क्याटेगोरी ‘बी’का कमल श्रेष्ठलाई १ लाख ५० हजार रुपैयाँमा आबद्ध गरेको छ ।

क्याटेगोरी ‘बी’का अशोक खवास १ लाख ५० हजारमा धनगढी एफसीमा आबद्ध भएका छन् ।

क्याटेगोरी ‘बी’का मिडफिल्डर जय गुरुङ एफसी चितवनमा १ लाख ५० हजारमा आबद्ध भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register