भारत-पाकिस्तान क्रिकेटका केही आरोह-अवरोह

काठमाडौं । भारत र पाकिस्तान हरेक क्षेत्रमा चीर प्रतिद्वन्दी मुलुक हुन् । यी दुई देशबीच जहाँ प्रतिस्पर्धा हुन्छ त्यसको चर्चा नै बेग्लै खालको हुन्छ । क्रिकेटमा त झन् भारत पाकिस्तानबीचको प्रतिस्पर्धा महासङ्ग्राम नै हुन्छ ।  च्याम्पियन्स ट्रफी क्रिकेटमा आज फेरि एकपटक दुई मुलुक आमने-सामने हुँदैछन् । खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ । प्रतियोगिता पाकिस्तानमा चलिरहे […]

Feb 23, 2025 - 03:03
 0
भारत-पाकिस्तान क्रिकेटका केही आरोह-अवरोह

काठमाडौं भारत र पाकिस्तान हरेक क्षेत्रमा चीर प्रतिद्वन्दी मुलुक हुन् । यी दुई देशबीच जहाँ प्रतिस्पर्धा हुन्छ त्यसको चर्चा नै बेग्लै खालको हुन्छ । क्रिकेटमा त झन् भारत पाकिस्तानबीचको प्रतिस्पर्धा महासङ्ग्राम नै हुन्छ । 

च्याम्पियन्स ट्रफी क्रिकेटमा आज फेरि एकपटक दुई मुलुक आमने-सामने हुँदैछन् । खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ । प्रतियोगिता पाकिस्तानमा चलिरहे पनि भारत त्यहाँ जान नमानेपछि दुई देशबीचको खेल दुबईमा हुनेछ । 

मिनी विश्वकपको रूपमा पनि लिइने च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानको भिडन्त हेर्न क्रिकेटप्रेमी आतुर छन् ।

भारत र पाकिस्तानबीच उत्पन्न हुने राजनैतिक तनावको असर क्रिकेटमा पनि देखिन्छ । भारतीय टोली पाकिस्तान नजाने भएपछि उसले खेल्ने सबै खेल तटस्थ भूमिमा हुन लागेका हुन् । 

पाकिस्तानमा भारतले खेल्न नमाने पनि क्रिकेटले दुई देशको तनाव घटाउन एक हदसम्म मद्दत गर्ने गरेको छ । विगतमा राजनैतिक तनाव उत्कर्षमा पुगेका बेला पनि भारत र पाकिस्तानबीचको दूरी घटाउन क्रिकेटले सघाउने गरेको थियो । 

भारत र पाकिस्तानबीचको सुरुवाती प्रतिस्पर्धा

दुई देशबीच क्रिकेट प्रतिस्पर्धा १९५२–५३ मा सुरु भएको थियो । त्यसबेला पाकिस्तानले ५ खेलको टेस्ट सिरिजका लागि भारतको भ्रमण गरेको थियो ।

एक वर्षपछि भारत पाकिस्तानको भ्रमणमा गएको थियो । त्यो सिरिज बराबरीमा सकियो । भूराजनीतिक तनावका कारण दुवै टोलीलाई मैदानमा ठूलो दबाब थियो । तर, यस्तै नतिजा १९५५ र १९६०–६१ को सिरिजमा पनि दोहोरियो । 

सन् १९६५ र १९७१ को युद्धले दुई राष्ट्रबीचको क्रिकेट सम्बन्ध एक दशकभन्दा बढी समयसम्म बिग्रियो । सन् १९७८ मा राजनैतिक प्रयासले दुई राष्ट्रबीचको टुटेको क्रिकेट सम्बन्ध पुन: जोड्न प्रयास गर्‍यो । यद्यपि, राजनैतिक आक्रोशले क्रिकेट खेललाई सहज रुपमा सञ्चालन भने हुन दिएन ।

शारजाह र न्युट्रल भेन्यु

१९८०–१९९० को दौरान पाकिस्तान र भारतबीचको खेल न्युट्रल भेन्युमा सञ्चालन हुने क्रम सुरु भयो । शारजाहटोरोन्टोको मैदान भारत र पाकिस्तानको युद्धभूमिका रुपमा चिनिन थाले ।

यसले एस्ट्रल–एसिया कप र फ्रेन्डसिप कप जस्ता प्रतियोगितालाई प्रसिद्ध बनायो । यससँगै शारजाह पाकिस्तानको आँगनका रूपमा पनि चिनिन थाल्यो ।

पाकिस्तानका राष्ट्रपतिको आश्चर्यजनक भारत भ्रमण

सन् १९८७ मा पाकिस्तानका राष्ट्रपति मोहम्मद जिया उल–हकले भारतमा सरप्राइज भिजिट गरेका थिए । उनी भारत र पाकिस्तानबीचको टेस्ट खेल हेर्न जयपुर पुगेका थिए ।

जब २ राष्ट्रबीच कश्मीरलाई लिएर विवाद उत्कर्षमा थियो, तब राष्ट्रपति उल–हकको यो भ्रमण भएको थियो । यसलाई जियाको ‘शान्तिका लागि क्रिकेट’ अवधारणा भनेर प्रचार पनि गरिएको थियो । 

सन् २००३ देखि २००८ बीचको अवधिलाई भारत र पाकिस्तानबीचको सफल क्रिकेट डिप्लोमेसीको समय भनिन्छ । यस दौरान दुई राष्ट्रले एक अर्को देशमा २-२ वटा टेष्ट सिरिज खेलेका थिए । 

यो समय पाकिस्तानमा सैनिक शासक परभेज मुसर्रफ र भारतमा प्रधानमन्त्री मनमोहन सिंहले जिम्मेवारी सम्हालेका थिए । रोचक यो थियो कि मुसर्रफ हालको भारतमा र सिंह हालको पाकिस्तानमा जन्मेका थिए । 

क्रिकेटको लागि हिंसा बन्यो चुनौती 

विश्वकप क्रिकेट र आईसीसी टी २० विश्वकप जस्ता प्रतियोगिताले भारत र पाकिस्तानबीचको खेल सम्बन्ध राम्रो बन्दै गएको थियो । तर, सन् १९९९मा भएको कारगिल युद्धले यसमा ब्रेक लगायो । साथै २ राष्ट्रको सम्बन्ध पनि थप चिसो भयो । 

सन् २००८ नोभेम्बरमा भएको मुम्बई आक्रमणले त सम्बन्ध निकै बिगाऱ्यो । सो आक्रमणमा संलग्न बन्दुकधारीको सम्बन्ध पाकिस्तानी समूहसँग भएको पाइएको थियो । आक्रमणमा १६० मानिस मारिएका थिए । 

दुवै राष्ट्रले क्रिकेटलाई आफ्नो प्रभुत्व देखाउने माध्यमका रुपमा पनि प्रयोग गर्ने गरेका छन् । एउटा समय यस्तो  पनि थियो जब भारत र पाकिस्तानबीचको खेलले दुवै राष्ट्रको अर्थतन्त्रमा समेत ठुलो भूमिका खेल्ने गर्थ्यो ।

भारतीय राजनीतिज्ञले भने कश्मीरमा भएका बन्दुकधारी समूहलाई पाकिस्तानले समर्थन गरुन्जेल क्रिकेट पनि सहज रूपमा अघि बढ्न नसक्ने बताउने गरेका छन् । 

श्रीलङ्काको क्रिकेट टोलीमाथि आक्रमण

सन् २००९ मा पाकिस्तानको लाहोरमा श्रीलङ्काको क्रिकेट टोलीमाथि आक्रमण भयो । श्रीलङ्कन क्रिकेट टोली लाहोर होटेलबाट गद्दाफी स्टेडियम जाने क्रममा खेलाडी सवार बसमा आक्रमण भएको थियो ।

सो आक्रमणमा ६ खेलाडी घाइते भए । ६ पाकिस्तान प्रहरी र २ सर्वसाधारण आक्रमणमा मारिए ।

यसले पाकिस्तानलाई वर्षौंसम्म अन्तर्राष्ट्रिय क्रिकेटबाट बाहिर राख्न भूमिका खेल्यो । यो आक्रमणले पाकिस्तानमा खेलाडी सुरक्षित नभएको सन्देश गयो । यसपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल आयोजना गर्न पाकिस्तानलाई सहज भएन । 

एक दशक त पाकिस्तानले टेस्ट राष्ट्रको मान्यता नै गुमायो । यसैकारण सन् २०११ मा विश्वकप क्रिकेटको सहआयोजक भूमिका पनि पाकिस्तानले गुमाउनु पर्यो ।

क्रिकेटमा सम्बन्ध सुधारको प्रयास

सन २०११ को विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीच सेमिफाइनल भिडन्त हुने भयो । भारतमा भएको प्रतियोगिता हेर्न भारतीय प्रधानमन्त्री मनमोहन सिंहले पाकिस्तानका प्रधानमन्त्री युसुफ रजा गिलानीलाई निम्ता गरे । गिलानी भारत आए । यो खेल भारतले जित्यो तर, सम्बन्ध सुधारको आशा भने बढायो ।

यसपछि सन् २०१२ मा भारतीय क्रिकेट बोर्ड बीसीसीआईले पाकिस्तानलाई एउटा सानो सिरिजको निमन्त्रणा दियो । यसपछि द्विदेशीय सिरिज आयोजनाको प्रयास पनि भयो ।

८ वर्षमा २ राष्ट्रले ६ सिरिज खेल्ने योजना पनि बनाइयो । तर, राजनीतिक तनावका कारण यि विषय सफल भने हुन सकेनन् । सन् २०१७ मा भने बीसीसीआईले सरकारी मान्यताबिना कुनै पनि सिरिज आयोजना गर्न नसकिने स्पष्ट पार्‍यो । जुन अहिलेसम्म पनि पर्खाइमै छ । 

भारतीय क्रिकेट टोलीको अन्तिम पाकिस्तान भ्रमण

भारतको क्रिकेट टोली सन् २००६ मा पाकिस्तान भ्रमणमा गएको थियो । सन् २०१२–१३ मा पाकिस्तानले गरेको भारत भ्रमण नै दुईबीचको अन्तिम सिरिज थियो । एक दशकभन्दा लामो समय भएको छ तर, भारत र पाकिस्तानले बाइलेटरल सिरिज खेलेका छैनन् ।

पाकिस्तानलाई मौका 

च्याम्पियन्स ट्रफीले पाकिस्तानको बिग्रिएको छवि सुधार गर्न सहयोग पुर्‍याउन सक्नेछ । यो प्रतियोगिता पाकिस्तानका लागि अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्न सक्षम र सुरक्षित भएको सन्देश पुर्‍याउने एउटा सुनौलो मौका हो ।

पटकपटक विश्वका ठूला राजनीतिक नेताका लागि गरिने सुरक्षा व्यवस्था आईसीसी च्याम्पियन्स ट्रफीको लागि गरिएको छ ।

क्रिकेट टोलीका लागि सुरक्षा समन्वय अधिकारीहरूको व्यवस्था छ । पाकिस्तान क्रिकेट बोर्डले वातावरण सुरक्षित हुने दाबी गरेको छ ।

सन् २०२२ मा अष्ट्रेलियाको क्रिकेट टोली आउँदा पनि पाकिस्तानले राष्ट्रपति स्तरको सुरक्षा व्यवस्था गरेको थियो । हालै सम्पन्न भएको न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको त्रिकोणात्मक सिरिजको सफलताले पनि च्याम्पियन्स ट्रफी सफल हुने पाकिस्तान बोर्डमा विश्वास बढेको छ । 

लाहोरमा मात्रै १० हजार सुरक्षाकर्मीको व्यवस्था गरिएको छ । टोलीको यात्राको बेला पूरै सडक खाली गर्ने व्यवस्था पनि मिलाइएको छ । गद्दाफी स्टेडियममा प्रवेश गर्न अघि दर्शकलाई ४ पटक जाँच गर्ने गरिएको छ ।

यदि यो प्रतियोगिता सफल भएमा र राजनीतिक तनाव कम भएमा भारतले पनि पाकिस्तानमा नखेल्ने निर्णय पुनर्विचार गर्न सक्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register