हेर्नुहोस् तपाईंको आजको राशिफल (२०८१, फागुन १२ गते सोमबार)

मेष : बोलीवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ। पेसा र व्यवसायबाट लाभ हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। वृष : घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। प्रयत्न निष्फल जस्तै होला। व्यापार व्यवसायमा बाधा आउन सक्छ। महत्त्वपूर्ण कार्यमा पनि बाधा हुनेछ। अनावश्यक झमेलामा परिएला। [...] The post हेर्नुहोस् तपाईंको आजको राशिफल (२०८१, फागुन १२ गते सोमबार) appeared first on Jhapa Online.

Feb 23, 2025 - 23:37
 0
हेर्नुहोस् तपाईंको आजको राशिफल (२०८१, फागुन १२ गते सोमबार)

मेष : बोलीवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ। पेसा र व्यवसायबाट लाभ हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।

वृष : घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। प्रयत्न निष्फल जस्तै होला। व्यापार व्यवसायमा बाधा आउन सक्छ। महत्त्वपूर्ण कार्यमा पनि बाधा हुनेछ। अनावश्यक झमेलामा परिएला।

मिथुन : साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका काम पूरा हुनेछन्। कार्य सम्पादनमा सहजता हुनेछ। आर्थिक लाभ पनि होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।

कर्कट : सुखद यात्राको योग छ। जिम्मेवारी बढ्न सक्ने समय आएको छ। आफन्तको प्रगतिमा मन रमाउनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। धर्म तथा समाजसेवामा मन जानेछ।

सिंह : परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गरिनेछ। घुमफिर र भ्रमणमा दिन बित्नेछ। धार्मिक तथा लाभदायक यात्रा हुनेछ। वित्तीय संस्था र मङ्गल कार्यको योग छ। सन्तान सुख पनि मिल्नेछ।

कन्या : मनमा निराशा छाउनेछ। शरीर पनि भारी होला। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला। वैदेशिक क्षेत्र कमजोर रहनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। तर, जनताको गतिलो भने समर्थन मिल्नेछ।

तुला : घरमा मनोरञ्जनात्मक कार्य होला। युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। घरमा अतिथिको आगमन होला।

वृश्चिक : नयाँ कार्यको योजना बन्नेछ। सेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल दिनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ।

धनु : गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्नेछ। सामाजिक पदप्रतिष्ठा प्राप्त होला। मित्रबाट विशेष सहयोग मिल्नेछ। नजिकका मित्रसँग भेटघाट हुनेछ। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

मकर : पारिवारिक समस्या आइपर्ला। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ। घुमफिरमा आकर्षण बढ्नेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। व्यवसायका लागि यात्राको सम्भावना छ।

कुम्भ : दिन सामान्य रहनेछ। भाग्य बलमा कमी भएको आभास हुनेछ। एउटै कामलाई दोहोर्‍याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ। योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैँ पछि परिनेछ।

मीन : चुनौती चिर्दै काम बनाउन सकिनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। सेयर बजारबाट राम्रै लाभ हुनसक्छ। शुभ समाचार सुन्न पाइएला। वैदेशिक कामकाज भने कमजोर रहनेछन्‌।

The post हेर्नुहोस् तपाईंको आजको राशिफल (२०८१, फागुन १२ गते सोमबार) appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register