संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसदअन्तर्गत आज (सोमबार) दुवै सदनका बैठक बस्दैछन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीस वार्षिक प्रतिवेदन आव २०८०/८१ पेस हुने कार्यसूची छ । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने […]

Feb 24, 2025 - 02:12
 0
संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसदअन्तर्गत आज (सोमबार) दुवै सदनका बैठक बस्दैछन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीस वार्षिक प्रतिवेदन आव २०८०/८१ पेस हुने कार्यसूची छ ।

गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै सांसद शेरबहादुर कुँवरले सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराउने छन् ।

उक्त प्रस्तावमाथि दयालबहादुर शाही र पुष्पबहादुर शाहले स्पष्टीकरण माग गर्नेलगायत कार्यसूची छ ।

राष्ट्रियसभाको बैठक भने आज दिनको १२ः१५ बजे बस्दैछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register