लमजुङमा भूकम्पको धक्का महसुस
काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज (सोमबार) बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ। पछिल्लो समयमा नेपालमा साना भूकम्प लगातार आइरहेका छन् […]

काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।
आज (सोमबार) बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।
पछिल्लो समयमा नेपालमा साना भूकम्प लगातार आइरहेका छन् । गत वर्ष भने जाजरकोट केन्द्रविन्दु भएर विनाशकारी भूकम्प गएको थियो ।
What's Your Reaction?






