महाकुम्भमा हालसम्म ४२ करोडभन्दा बढी सहभागी, दुई मुख्यमन्त्रीले सँगै गरे स्नान

प्रयागराज । भारतको प्रयागराजमा जारी महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउने क्रम जारी छ । त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागेको छ । उत्तर प्रदेश सरकारले आइतवार महाकुम्भ सन् २०२५ मा करिब ८४ लाख २९ हजार भक्तजनले पवित्र स्नान गरेको बताएको छ । महाकुम्भ सन् २०२५ मा हालसम्म ४२ करोडभन्दा बढी भक्तजनले आस्थासहित […]

Feb 10, 2025 - 03:27
 0
महाकुम्भमा हालसम्म ४२ करोडभन्दा बढी सहभागी, दुई मुख्यमन्त्रीले सँगै गरे स्नान

प्रयागराज । भारतको प्रयागराजमा जारी महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउने क्रम जारी छ । त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागेको छ ।

उत्तर प्रदेश सरकारले आइतवार महाकुम्भ सन् २०२५ मा करिब ८४ लाख २९ हजार भक्तजनले पवित्र स्नान गरेको बताएको छ ।

महाकुम्भ सन् २०२५ मा हालसम्म ४२ करोडभन्दा बढी भक्तजनले आस्थासहित डुबुल्की लिएका छन् ।

महाकुम्भ सन् २०२५ विश्वको सबैभन्दा ठूलो आध्यात्मिक र सांस्कृतिक कार्यक्रम हो, जसले विश्वभरका भक्तहरूलाई आकर्षित गर्दछ ।

महाशिवरात्रि (२६ फेब्रुअरी)सम्म यो भव्य कार्यक्रम चल्नेछ । यस कार्यक्रमले देश र विश्वभरबाट लाखौं भक्तजनहरूलाई आकर्षित गरिसकेको छ ।

एक दिनअघि राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले त्रिवेणी सङ्गममा पवित्र स्नान गरी भक्तहरूलाई प्रसाद दिए ।

‘महाकुम्भ सन् २०२५ को शुभ अवसरमा भक्तहरूलाई प्रसाद वितरण गरियो र उनीहरूको आशीर्वाद प्राप्त भयो,’ राजस्थानका मुख्यमन्त्रीले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्, ‘त्रिवेणी सङ्गमको आशीर्वाद हामी सबैमा सदा रहोस् । सबैको जीवन सुख, समृद्धिले भरिपूर्ण होस् । यही मेरो कामना छ ।’

सङ्गममा पवित्र स्नानको क्रममा मुख्यमन्त्री भजनलाल शर्मा मध्यप्रदेशका मुख्यमन्त्री मोहन यादवसँगै थिए ।

त्रिवेणी सङ्गममा दुई मुख्यमन्त्रीले सँगै पवित्र स्नान गरेपछि एक अर्कालाई अभिवादन गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register