शिवसताक्षी रनिङ्ग शिल्डमा सेभेजसीज अंग्रेजी मावि प्रथम
शिवसताक्षी, १२ फागुन । झापाको शिवसताक्षी जारी रनिङ्ग शिल्ड प्रतियोगितामा झिलझिलेमा रहेको सेभेजसीज अंग्रेजी मावि प्रथम भएको छ । गएको शनिबारबाट सञ्चालन भएको १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सेभेजसीजले ६ स्वर्ण, ३ रजत र ४ काश्य पदक प्राप्त गर्दै प्रथम स्थानमा हासिल गरेको हो । त्यस्तै द्वितीय स्थान लालपानी माध्यमिक विद्यालयले हासिल गरेको छ [...] The post शिवसताक्षी रनिङ्ग शिल्डमा सेभेजसीज अंग्रेजी मावि प्रथम appeared first on Jhapa Online.

शिवसताक्षी, १२ फागुन । झापाको शिवसताक्षी जारी रनिङ्ग शिल्ड प्रतियोगितामा झिलझिलेमा रहेको सेभेजसीज अंग्रेजी मावि प्रथम भएको छ ।
गएको शनिबारबाट सञ्चालन भएको १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सेभेजसीजले ६ स्वर्ण, ३ रजत र ४ काश्य पदक प्राप्त गर्दै प्रथम स्थानमा हासिल गरेको हो । त्यस्तै द्वितीय स्थान लालपानी माध्यमिक विद्यालयले हासिल गरेको छ ।
लालपानी माविले ५ स्वर्ण, ९ रजत र ५ काश्य पदक प्राप्त गर्दै द्वितीय स्थान हासिल गरेको हो । तेस्रो स्थानमा रहेको बालनिकुञ्ज माध्यमिक विद्यालयले ५ स्वर्ण, २ रजत र ७ काश्य पदक प्राप्त गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । रनिङ शिल्डमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई र खेलमा सहभागी विद्यालयहरुलाई उपप्रमु्ख नरमाया कार्की र प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कराँते, कबड्डी, दौड र तेक्वान्दो गरी ६ विधा खेलहरु रहेका थिए। शिवसताक्षी नगरपालिका वडा नं। ६ को जनआदर्श माध्यमिक विद्यालयको परिसरमा भएको रनिङ शिल्ड प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयका ७५६ विद्यार्थीहरुले सहभागिता जनाएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा वडाध्यक्ष मनोज खुलाल कार्की, वडा सदस्य गोमा रिजाल, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षकहरुको सहभागिता रहेको थियो ।
The post शिवसताक्षी रनिङ्ग शिल्डमा सेभेजसीज अंग्रेजी मावि प्रथम appeared first on Jhapa Online.
What's Your Reaction?






