एमाले असफल भए देश असफल हुन्छः प्रधानमन्त्री ओली

झापा, ३० चैत । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताउनुभएको छ । नेकपा (एमाले) को झापा जिल्ला कमिटीले दमकमा आयोजना गरेको जागरण सभालाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी [...] The post एमाले असफल भए देश असफल हुन्छः प्रधानमन्त्री ओली appeared first on Jhapa Online.

Apr 12, 2025 - 16:29
 0
एमाले असफल भए देश असफल हुन्छः प्रधानमन्त्री ओली

झापा, ३० चैत । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताउनुभएको छ ।

नेकपा (एमाले) को झापा जिल्ला कमिटीले दमकमा आयोजना गरेको जागरण सभालाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैँ ढुङ्गा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्याए पनि उनीहरुलाई जनताले नपत्याएको बताउनुभयो ।

“देश अब कानुन र विधि अनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैङ्क डुबाउनेहरू, आगजनी गर्नेहरू, रक्सीका बोतल लुटेर भाग्नेहरूले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन । ठुला कुरा गर्ने र हल्ला गर्नेहरूले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरूको असली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनबाट देखिइसकेको छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “विगतमा म प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिद्ध्याउने असफल प्रयास गरेका थिए । अदालतको समेत प्रयोग गरेर हामीलाई सरकारबाट बाहिर पठाए । तर जनताको अभिमतबाट हामी पुनः सरकारको नेतृत्वमा आएका छौँ । अब हामीले स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेका छौँ । तपाईँहरू अस्थिरतावादीहरूको कुनै भ्रममा पर्नु पर्दैन । ”

प्रधानमन्त्री ओलीले निर्माण कार्य रोकिएका र बन्न बाँकी रहेका बाटा र आयोजनाहरू अब अगाडि बढ्ने जनाउँदै आगामी बजेट र नीति तथा कार्यक्रममा नयाँ ढंगले अगाडि बढाउने उचित नीति र कार्यक्रम लिएर आउने जनाउनुभयो । उहाँले कृषिको आधुनिकीकरण र विस्तारका लागि प्राथमिकता दिँदै उद्यमशीलताको विकास गर्न सरकारले प्राथमिकता दिने बताउनुभयो ।

“हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्वपूर्ण कानुन ल्याएका छौँ । भूमिसम्बन्धी कानुन पनि चाँडै आउँछ । यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा रहेको छ । घाटामा रहेको अर्थतन्त्र उकालो लाग्न थालेको छ ।”, उहाँले भन्नुभयो, “भूमिहीन सुकुम्वासीहरूका समस्या समाधान गर्न अब आउने संसद्को अधिवेशनको सुरुमै कानुन ल्याइनेछ । मुलुकलाई गरिबीबाट मुक्त गराउन हामी क्रियाशील रहनेछौँ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी दत्तचित्त भएर लाग्नेछौँ । एमालेविनाको नेपालको सपना देख्नेहरूको देशद्रोही सपना पूरा हुँदैन । एमाले झन् ठुलो भएर विजयी भएका आउनेछ । जनतामा आधारित यो पार्टी देशको भविष्य हो । एमाले असफल भए देश असफल हुन्छ ।”

कोशी प्रदेश विविधतायुक्त र जागरूक प्रदेश भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस जागरणलाई व्यवहारमा उतार्न एमालेको प्रदेश र मातहतका कमिटी नयाँ उत्साहका साथ सक्रिय र चुस्तदुरुस्त रुपमा घरघर र व्यक्ति व्यक्तिमा पुग्ने गरी परिचालित हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले युवाहरूलाई आफ्नो देश आफैले बनाउनुपर्छ भन्ने भावनाका साथ स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको बताउनुभयो ।

एमालेले वैशाख ११ गते ९लोकतन्त्र दिवस० का दिन काठमाडौँमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै ४० वर्षमुनिका युवाहरू त्यस दिन काठमाडौँ आएर राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउन आव्हान गर्नुभयो ।

“एमालेको साथमा युवा छैनन् । एमालेका युवाहरू सिद्धिए भन्नेहरूलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका छौँ । म चुनौतीका साथ भन्छु, अरू कुनै पार्टीले यति धेरै युवाहरूलाई भेला पार्न सक्दैन ।” उहाँको भनाइ थियो “युवाहरूले आफ्नो सामर्थ्यको पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्छ । आफ्नो पेसागत काम र परिवारको हेरचाहमा पनि लाग्नुपर्छ ।”

कार्यक्रममा एमालेका उपाध्यक्ष गुरु बराल, सचिव योगेश भट्टराईलगायत सहभागी कार्यक्रममा कोशी प्रदेश इञ्चार्ज शेरपन राई, प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतले सम्बोधन गर्नुभएको थियो ।

The post एमाले असफल भए देश असफल हुन्छः प्रधानमन्त्री ओली appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register