केभीआर स्टेज रेस च्यालेन्जमा लोकेन्द्र र सोनिमालाई उपाधि

काठमाडौं । नेपालको पहिलो एक सय माइलको केभीआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा पहिलो भएका छन् । शनिबार भएको फर्पिङमा सुरु भएर सिङ्गल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडको पुरुषमा लोकेन्द्र राईले निर्धारित दूरी तीन घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरेका हुन् । प्रविन ताम्लिङ तीन घन्टा […]

Mar 1, 2025 - 11:10
 0
केभीआर स्टेज रेस च्यालेन्जमा लोकेन्द्र र सोनिमालाई उपाधि

काठमाडौं । नेपालको पहिलो एक सय माइलको केभीआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा पहिलो भएका छन् ।

शनिबार भएको फर्पिङमा सुरु भएर सिङ्गल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडको पुरुषमा लोकेन्द्र राईले निर्धारित दूरी तीन घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरेका हुन् ।

प्रविन ताम्लिङ तीन घन्टा ५७ मिनेट ४० सकेन्ड समय लगाएर उपविजेता र राम चन्द्र महतारा चार घन्टा ०८ मिनेटमा दौड पूरा गरेर तेस्रो स्थानमा रहे ।

महिलातर्फ च्याम्पियन बनेकी सोनिमा शेर्पाले पाँच घन्टा ०३ मिनेट ४० सकेन्डमा दौड पूरा गरे । यसैगरी उपविजेता बनेकी एनी माइ बानले पाच घन्टा २२ मिनेट ०८ सकेन्ड समय लगाइन् । अनिशा गुरुङले पाँच घन्टा ५१ मिनेट ४४ सकेन्ड लगाएर तेस्रो स्थान हासिल गरिन् ।

सो स्टेज रेस च्यालेन्सको पाँचौं चरणमा २० विदेशीसहित कूल ५६ जना धाविक-धाविकाको सहभागिता रहेको थियो । नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरुलाई पुरस्कार प्रदान गरे ।

मञ्जुश्री ट्रेल रेस आगामी चैत १ देखि ३ गतेसम्म हुने आयोजक ट्रायलमान्डुले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register