बेलायतका पत्रकार मिलन तमुको ‘रोधीघरको आँगन ४’ सार्वजनिक (भिडियो)

लन्डन- चर्चित फोटो पत्रकार एवं गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको शब्द रचना रहेको गीत ‘रोधीघरको आँगन भाग ४’को म्युजिक भिडियो सार्वजनिक भएको छ। आरके गुरुङको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक भएको हो। गोर्खा मिडिया यूकेको प्रस्तुति तथा मिलन तमुको शब्द रहेको गीतमा गायक रामकुमार गुरुङ (आरके)को लय संकलन रहेको छ । मौलिक कौरा/चुड्का गीतमा आरके […]

Mar 1, 2025 - 17:30
 0
बेलायतका पत्रकार मिलन तमुको ‘रोधीघरको आँगन ४’ सार्वजनिक (भिडियो)

लन्डन- चर्चित फोटो पत्रकार एवं गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको शब्द रचना रहेको गीत ‘रोधीघरको आँगन भाग ४’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

आरके गुरुङको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक भएको हो।

गोर्खा मिडिया यूकेको प्रस्तुति तथा मिलन तमुको शब्द रहेको गीतमा गायक रामकुमार गुरुङ (आरके)को लय संकलन रहेको छ । मौलिक कौरा/चुड्का गीतमा आरके गुरुङ र अनु चौधरीको स्वर  छ ।

कमल बहादुर गुरुङले निर्देशन गरेको भिडियोमा गणेशमान घले, जुना गुरुङ, सुरज गुरुङ र चाहना राना मगरले सुन्दर अभिनय गरेका छन् ।

गीतकार तमु र गायक गुरुङद्वयले आफ्नो मौलिक लोक संस्कार संस्कृतिलाई भावीपुस्तासम्म चिनाइराख्ने अभिप्रायले रोधीघरको आँगन बोलको गीतलाई १ दशकदेखि निरन्तरता दिँदै आएका छन् ।

भिडियो कास्कीको पर्यटकीय गाउँ ल्वाङमा भव्य रूपमा छायांकन गरिएको तमुले बताए । सबैले हेरेर लाइक, कमेन्ट र शेयर गरिदिन पनि उनले अनुरोध गरेका छन् ।

हेरौं भिडियो:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register