चन्द्रपुरका दश निजी अस्पताल बन्द

रौतहट।   रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालित दश वटा अवैध अस्पताल बन्द भएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध तथा अनधिकृत रुपमा सञ्चालनमा रहेका दशवटा अस्पताल बन्द गर्न निर्देशन दिनु भएको छ ।  उनले शनिवार अनुगमन गर्ने क्रममा दर्ता र मापदण्ड बिना सञ्चालित चन्द्रपुर नगरपालिका ११ वटा अस्पताल मध्ये दश वटा लाई बन्द गर्न निर्देशन […]

Mar 2, 2025 - 08:15
 0
चन्द्रपुरका दश निजी अस्पताल बन्द

रौतहट। 

 रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालित दश वटा अवैध अस्पताल बन्द भएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध तथा अनधिकृत रुपमा सञ्चालनमा रहेका दशवटा अस्पताल बन्द गर्न निर्देशन दिनु भएको छ ।

 उनले शनिवार अनुगमन गर्ने क्रममा दर्ता र मापदण्ड बिना सञ्चालित चन्द्रपुर नगरपालिका ११ वटा अस्पताल मध्ये दश वटा लाई बन्द गर्न निर्देशन दिएका छन्। चन्द्रपुर नगरपालिकामा सञ्चालित हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टर, सिभिल हयुमन होस्पिटल एण्ड रिसर्च सेन्टर,पब्लिक लाईफ केयर पोलिक्लिनिक, हिमालयन पोलिक्लिनिक चन्द्रपुर प्रालि, एपोलो हस्पिटल, चपुर सिटी हस्पिटल, चन्द्रनिगाहपुर अर्थोपेडिक एण्ड जनरल हस्पिटल प्रालि, चन्द्रपुर सामुदायिक हस्पिटल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्रलाई मापदण्ड पूरा गरी दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएका हुन्।

 दर्ता नहुन्जेल सम्मका लागि भर्ना भएका बिरामीलाई अन्यन्त्र भर्ना गरी बन्द गर्न निर्देशन दिएका छन् । उनले बन्द गर्न लिखित पत्र समेत दिएका छन् । उनले ११ वटा अस्पतालको अनुगमन गर्दा चन्द्रपुर हस्पिटल प्रालि मात्र मापदण्ड र दर्ता गरी संचालनमा रहेको बताए । दर्ता अनुमतिपत्रबिनै सञ्चालनमा रहेका ती अस्पताल तत्काल बन्द गरी मापदण्ड पूरा गरी सेवा सञ्चालन अनुमति लिई मात्र अस्पताल सञ्चालन गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री  सतिश सिहले अनुमति बेड संख्याको आधारमा दश प्रतिशत ईमरजेन्सि बेड र दश प्रतिशत गरिब, दलित, र लक्षित बर्ग लाई उपचारमा छुट दिनु पर्ने कानुनी व्यवस्था अनुरुप दिएको हुनु पर्ने बताए । निजी अस्पताल अनुगमनलाई तीव्रता दिएका मुख्यमन्त्री सिंहले मापदण्डअनुसार भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण र जनशक्ति व्यवस्थापन लगायतका विषयमा जानकारी माग गरेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register