भूमि आयोगका सदस्यहरुको शपथ तथा पद बहाली

उदयपुर ।  नेपाल सरकारको भूमि समस्या समाधान आयोग जिल्ला समिति उदयपुरले सोमबार एक कार्यक्रमको आयोजना गरी नव नियुक्त सदस्यहरुलाई शपथ ग्रहण गराई पद बहाली गराएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति उदयपुरका अध्यक्ष बल बहादुर तामाङले विज्ञ सदस्य दिल बहादुर तामाङ, सदस्य रत्न पोखरेल र सम्झना राईलाई प्रमुख मालपोत अधिकृत कमल प्रसाद पौडेल, […]

Mar 3, 2025 - 12:26
 0
भूमि आयोगका सदस्यहरुको शपथ तथा पद बहाली

उदयपुर । 

नेपाल सरकारको भूमि समस्या समाधान आयोग जिल्ला समिति उदयपुरले सोमबार एक कार्यक्रमको आयोजना गरी नव नियुक्त सदस्यहरुलाई शपथ ग्रहण गराई पद बहाली गराएको छ ।

भूमि समस्या समाधान आयोग जिल्ला समिति उदयपुरका अध्यक्ष बल बहादुर तामाङले विज्ञ सदस्य दिल बहादुर तामाङ, सदस्य रत्न पोखरेल र सम्झना राईलाई प्रमुख मालपोत अधिकृत कमल प्रसाद पौडेल, नापी अधिकृत इन्द्रदेव साह, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, राष्ट्रिय भूमिहीन सञ्जालका प्रतिनिधि, भूमिहीन सङ्घर्ष समितिका संयोजक लगायतकाको उपस्थितिमा शपथ गराएका छन् ।

जिल्ला समन्वय समितिका उदयपुरका प्रमुख गौर बहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा बिश्वकर्माले जिल्लामा सुकुम्बासी, भूमिहीन, दलित तथा अव्यवस्थित बसोवास भएकाहरको संख्या धेरे रहेकाले र विगतमा नापी भएका तर पुर्जा वितरण नभएका , निससा पाएका तर जग्गा नपाएका पुर्जा नपाएकाहरु सबैको समस्या र मार्का बुझेर भूमि समस्या समाधान गर्ने गरी काम गर्नु पर्नेमा जोड दिएका छन् । 

विज्ञ सदस्य दिल बहादुर तामाङले सरकारले दिएको  जिम्मेवारी विवेकले भ्याएसम्म इमान्दारी पूर्वक पुरा गर्ने जानकारी दिंदै उदयपुरमा भूमिहीनको समस्या धेरै वर्षदेखि रहेकोले विगतमा बाँकी रहेका कामहरुको विवरण हेरेर बुझेर अनुसन्धान गरेर समाधानका लागि आवश्यक पहल गर्ने बताए । 

आयोगका जिल्ला समिति अध्यक्ष बल बहादुर तामाङले पनि यस अघि पनि आफू नै अध्यक्ष रहेकोले विगतमा बाँकी रहेका कामहरु सम्पन्न गर्न र नयाँ थपिएका वा नयाँ नापीबाट जग्गा वितरणका लागि निर्णय भएर आएका पुर्जा दिने काम पनि सम्पन्न गर्ने योजना रहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register